साझा टाईम्स नेपालले आफनो चौथो वार्षिक उत्सव मनाएको छ । आज शनीवार एक कार्यक्रमका बिच वार्षिकउत्सव मनाएको हो । साझा टाईम्सका अध्यक्ष सुमन के.सी.को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीकाका मेयर टिकाराम खड्काको प्रमुख आतीथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।
सो अवसरमा मेयर खड्काले पत्रकारहरु समाजमा विश्वासीलो काम गनुृपर्ने बताउँनुभयो । पेसा जोगाउन सके पुस्तान्तरण गर्न सकिने भन्दै यस पेसालाई मर्यादित बनाउनुपर्ने बताउँनुभयो । मिडिया हाउस बनद हुने अवस्थामा पुगिसकेको भन्दै आफुले सक्दो सहयोग गरिरहेको बताउँनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदिले सोसल नम्स भित्र रहेर काम गर्नुपर्ने भन्दै आम नागरीकको विश्वसनियता माथि प्रश्न उठ्ने खालको पत्रकारीता नगर्न आग्रह गर्नुभयो । उहाँले आफैले गरेका काममा प्रश्न चिन्ह खडा गर्ने खालको काम गरिरहेका छौँ कि मिडयिा सुचिकृत छ छैन, बजारले गाईड गरेर हाम्रो पेसा बिगीदै गएको छ कि यि यस्ता विषयमा छलफल गर्न जरुरी रहेको बताउँनुभयो ।
सो अवसरमा वडा न.१६ का वडा अध्यक्ष सिवानन्द डांगी, प्रेस युनियन दाङका अध्यष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जा, प्रेस सेन्टरका राकेश वस्नेत, रिपोर्टस क्लव दाङका अध्यष सरद रेग्मी, पर्यावरणिय दिगो विकास अनुसन्धान केन्द्रका अध्यक्ष डिलली बहादुर रावत, जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्त प्रकास वली लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साझा टाईम्सका उपसम्पादन दिपक वलीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण कार्यकारी सम्पादक सन्तोष अधिकारीले गर्नुभएको थियो ।
वार्षिक उत्सवका अवसरमा नयाँ पाईला केन्द्रका कार्यकारी निर्देसक शुरेस भुषाल, सम्पादक खुमा पाण्डे, उपसम्पादक दिपक वलीलाई सम्मान गरिएको थियो ।