सिडले महिलाहरुलाई हरेक काममा सक्षम हुन सिकायो



No description available.

महिला समुहमा आवद्ध भएपछि निडर भएर हिड्न, बोल्न, सहि र गलत छुट्याउँन सक्ने भएको एक कार्यक्रममा सहभागि महिलाहरुले बताएका छन् । गाउँगाउँ टोलटोल र बस्तीबस्तीमा सिडले गरेको कार्र्यक्रमले आफुहरु सक्षम भएको उनीहरुको अनुभव थियो । क्षमता, दक्षता बढ्नुका साथै आर्थिक, सामाजिक, व्यवसायिक रुपमा सफल हुन सकेको बताए । घरायसी कामलाई कामको रुपमा मात्र हेर्ने सामाजीक रुपमा अग्रसर हुन नसकेकाहरु पनि सिड सस्ंथाको कार्यक्रमले सामाजीक हुन प्रेरणा मिलेको उनीहरु बताए ।

समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाको २२ औँ बार्षिक साधारण सभामा बोल्ने महिलाहरुले यस्तो बताएका छन् ।

“समुहमै आबद्ध भएर नेतृत्वसँगै आर्थिक रुपमा आयआर्जन गर्न थालेपछि अहिले आत्मनिर्भर बन्न सकेका छौँ । आर्थिक रुपमा स्वयम् आफू नै सक्षम हुन सकेका छौँ।” दंगीशरण ३ चितानपुरकि गंगा पुरीले भन्नुभयो “हामी गरेर खान सक्छौँ भन्ने आँट आएको छ ।”

“सीड संस्थाले संचालन गरेको महिला समुहमा आवद्ध भएका महिलाहरुको जीवन परिवर्तन भएको छ । बाख्रा पालन, भैँसी पालन, बंगुर पालन, कटाईसिलाईबाट आम्दानी गरिरहेका छौँ।” दंगीशरण ३ रावतगाउँका पार्वता कडेँलले अनुभव सुनाउँनुभयो ।

दंगीशरण ४ सुकदेवाकि राधिका चौधरीले भन्नुभयो पैसाको लोभमा विदेश जाने र अङगभङग भएर आएका व्यक्तिहरुलाई सीड संस्थाले संचालन गरेका परियोजना मार्फतका समुहमा बसेर जीवनलाई परिदिएको छ ।

यस्तै किशोरी संजालका पुर्णीमा भण्डारी र पिमा नेपालीले सस्ंथाले बालविवाह तथा लैंगिक हिंसा अन्त्य अभियान कार्यक्रम गरेर मानीसहरुलाई सचेत पार्न सफल बएको बताए ।

No description available.

सीड संस्थाले स्थानिय महिला तथा बालबालिकाको आर्थिक शशक्तिकररणद्धारा दिगो जिविकोपार्जन कार्यक्रम, बालविवाह तथा लैंगिक हिंसा अन्त्य अभियान कार्यक्रम, कृषि तथा पशु उद्यमशील कार्यक्रम लगायतका कार्यक्रम संचालन गरिरहेको छ । दाङका तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गरी ४ वटा स्थानिय तहमा २ सय भन्दा धेरै समुह गठन गरी महिलाहरुको आर्थिक, सामाजिक शशक्तिकरणका कार्यक्रममा समावेश गरी काम गरिरहेको संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीले बताउनु भयो ।

समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाका अध्यक्ष राममोती चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतीथी खड्काले समाज परिवर्तनका निमीक्त आफु एक्लैले भन्दा पनि आफुहरुलाई सहयोग गर्ने संघसस्ंथाहरु संग सहकार्य गरेर अगाडि बढ्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।“ हामी जो जहाँ रहेर पनि समाजका निम्ती काम गर्छौँ त्यसैले सहकार्य गरि समाजका हरेक गतीविधिहरुमा सहकार्य गर्न जरुरी छ ।” उहाँले भन्नुभयो ।

May be an image of 11 people, people smiling, dais and text

कार्यक्रममा बालअधिकारकर्मी तथा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र न्यूसिपिसी का अध्यक्ष नवराज लामिछाने, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, प्रमुख प्रशासकीय अधिकृत भीष्म मल्ल, शान्तिनगर ४ बुढाडाबर युवाक्लवका अध्यक्ष रोषण चौधरी, शान्तिनगर २ जनशक्ति समुहका अध्यक्ष भगवती पौडेल, दंगीशरणको शान्ति महिला समुहका अध्यक्ष गंगा पौडेल, युवा सञ्जाल तुलसीपुर तथा सहायता केन्द्र नेपालका सचिव मुना विक लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रततुत गरिएको थियो भने संस्थामा आबद्ध रहेर योगदान पु¥याएका कर्मचारी तथा समुहहरुलाई सम्मान गरिएको थियो । संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम निर्देशक उमेश खरेल र सस्ंथाका सदस्य सचिव संगीत बस्यालले गर्नु भएको थियो ।।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्