तुलसीपुर ७ पर्सेनीका ५८ बर्षीय तीखे कुमाल बर्षौ देखि माटोको भाडा बनाउँदै आउँनुभएको छ । माटोको भाडा बनाउँदै गुजारा गरेका पर्सेनीका कुमालहरु पछिल्लो समय बजार नपाउँदा निरास भएका छन् । यस्तै उनीहरु भाडा बनाउँन चाहिने माटो नपाउँदा आफनो पेसा नै संकटमा पर्ने चिन्तामा छन् ।
पुख्र्यौली पेसालाई सम्हाल्दै आएका तिखे कुमाल बजारमा बत्तीबाट चल्ने भाडा (फ्रीज) आएपछि घैटा किन्ने ग्राहक कम भएको बताउँनुभयो । “पहिले पहिले घरमै किन्न आउँथे अहिले बजार लग्नुपर्छ बेच्नलाई”- उँहाले भन्नुभयो ।
“माटाे ल्याउने, पाइने ठाउँबाट बाटाे निकालेका छन् । हाम्रो पुर्खाहरु त्यहि ठाउँ बाट माटाे ल्याएर भाडा बनाउनुभयाे । अहिले हामी पाउँदैनाेै, गरिखाने बाटाे बन्द गरेका छन् । हामीलाई माटाेकाे समस्या भयाे नत माटाे नत बजार पेसा नै धर्म संकटमा छ । गरिखाने ठाउँ नै खाेसिदिए ।”- उहाँले भन्नुभयाे । उँहा मात्र हाेइन माटाे खन्ने ठाउँ खाेसिएपछि कुमाल गाउँ नै गरिखाने भाडाे रित्तिएकाे भन्दै चिन्तित छ ।