गुरुकुल एकेडेमी लमहिले मनायो १०० दिनको उत्सव



गुरुकुल एकेडेमी लमहिले स्थापनाको १०० दिनको उत्सव मनाएको छ । शैक्षिक सत्र २०८१बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले बिभिन्न कार्यक्रम गरेर मनाएको हो । पानसमा बत्ति बालेर सुरुवात गरेको कार्यक्रममा विद्यार्थि तथा शिक्षकहरुले बिभिन्न किसिमका नृत्य , गित , ड्रामा तथा बिट बक्सिङ प्रस्तुत गरेका थिए ।

उत्सवको अवशरमा विद्यार्थिहरुले गुरुकुल एकेडेमी लमहिमा १०० दिनको अनुभव समेत सुनाएका थिय । गुरुकुल एकेडेमी लमहि स्थापना पश्चात विद्यालयमा आबद्ध भएका बिद्यार्थिहरुले पढाई संगै के–कस्ता कृयाकलाप सिके भन्ने बिषय आम अभिभावक माझ प्रस्तुत गर्न यो कार्यक्रमको आयोजना गरीएको बिद्यालयका प्रधानाध्यापक सुरज खनालले जानकारी दिनुभयो । नृत्य क्षेत्रको प्रशिक्षकमा हेमन्त पान्डे रहनुभएको छ भने अन्य गायन , ड्रामा तथा बिट बक्सिङ विद्यालयका शिक्षकहरु रहनुभएको छ । विद्यार्थिहरुको शैक्षिक सुधार तथा सर्वाङगिन विकासका लागि आवश्यकताका कृयाकलापहरु विद्यालयले नियमित गराउदै आएको छ ।

जसका कारण विद्यार्थिहरु शिक्षा बाहेक अन्य कृयाकलापमा पनि अब्बल बन्दै गएको छ । कार्यक्रमको अवशरमा विद्यालयका प्रधानाध्यापक सुरज खनालले आफ्नो भनाई राख्नुभएको थियो । उँहाले विद्यालयका शिक्षक , कर्मचारी ,संचालक समिति , सेयर होल्डर लगायतको अथक मेहनत पछि आफुहरु सफल बन्दै गएको बताउनुभयो ।

विद्यालयको सफलताको लागि नविनतम प्रबिधि प्रयोग गरेर उच्च क्वालिटिको शिक्षा प्रदान गर्ने र आफ्नो विद्यार्थिहरुको भविष्य सुनिश्चित रहेको हुदा संपुर्ण अभिभावकहरुलाई ढुक्क रहन पनि आग्रह गर्नुभएको थियो । सााथै उँहाले विद्यालयलाई सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद समेत प्रदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्