आज शनीवार विदाको दिन । तुलसीपुर उपमहानगरपालीकाको बन्दै गरेको नँया भवनमा विधार्थीहरु ड्रेसमा सहभागि थिए । भित्र पढाई सुरु भएको जस्तो देखिन्थ्यो । तुलसीपुर उपमहानगरपालीकाका निवर्तमान मेयर तथा ग्रिन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डे बिधार्थीहरुका कुरा सुन्दै प्रतीउत्तर दिदै थिए ।
पाण्डेले भन्दै थिए – “हामी तपाईहरुलाई शिक्षा संगै सिप दिन्छौँ । हामी पढाई मात्र होईन उधमी पनी बनाउँछौँ । तर कसरी ? विधार्थीहरुले आश्चर्य मान्दै कुरा सुनीरहेका थिए ।
पाण्डेले भने – ग्रीन फाउन्डेसनले कच्चा पदार्थको सदुपयोग गरि उधमी बन्नका लागि प्रेरीत गरिरहेको छ । दाङको तुलसीपुरमा मात्र नभई जिल्ला जिल्लामा उधमशिलता कार्यक्रम संचालन गर्दै आएको छ । यसको उद्धेश्य नै मानीसलाई उधमी बनाउँने हो ।” उनले बिचैमा प्रश्न सोधे – तपाई पहिलो पटक सिकेको कुरा के ? कोहिले भने रुन सिके, कोहिले बोल्न सिके , लेख्न सिके , हिड्न सिके बिधार्थीहरु बाट यस्तै यस्तै जवाफ आयो । पाण्डेले उनीहरुको जवाफमा थप्दै भने यी सबै कुरालाई शरीरका पाँच वटा अंगले काम गर्छ कान, आँखा, नाक,मुख र मस्तिष्क । बिधार्थीहरुलाई चाख लागिरहेको थियो । उनले भनेको हरेक शब्दहरुले बिधार्थीकहरुलाइृ सिकाईमा उत्प्रेरीत गरिरहेको थियो ।
मानौँ उनीहरु कक्षामा सरले पढाएको जस्तै पढ्दै छन् । सुरुसुरुमा बोल्न नसकेका विधार्थीहरु पछिपछि हरेक प्रश्नमा उत्तर दिन थाले । कमाउन कसरी सक्ने ? उनीहरु सजिलै उत्तर दिए । “उधमी बनेर ।” उधमी कसरी बन्ने ? विधार्थीहरु अलीक आनाकानी गरे । बिधार्थीहरुको मनभित्रको जीज्ञासा मेटाउँदै पाण्डेले भने –“कुनै पनी वस्तुको उत्पादन गरि बिक्री गरेर, सेवा गरेर, उधम लाई उधमशिलतामा ढालेर अर्थात पुरानो वस्तुलाई नँयापनमा ढालेर ।”
अव भन्नुस् तपाई आफुले समाजलाई के सेवा दिन सक्छु जस्तो लाग्छ ? विधार्थीहरुले सजीलै जवाफ दिए । तरकारी खेती गरेर, आफुले जानेका कुरा सिकाएर, वस्तुको उत्पादन गरेर, राजनीती गरेर यस्तै यस्तै ।
करीव करीव आधा घण्टाको क्लासमा विधार्थीहरु खारीदै गए अन्तीममा उनीहरुले स्वयम घनश्याम पाण्डेलाई नै प्रश्न गर्न थाले । तपाई पढेलेखेको मान्छे राजनीतीमा किन लाग्नुभयो ? भ्रष्टाचार गर्नेलाई के गर्ने ? नेपाल भन्दा विदेशमा दोब्बर कमाई हुन्छ भन्ने युवाहरुलाई तपाई के भन्नु हुन्छ ? कृषि क्षेत्रमा निकै घाटा बेहोरीरहेका किसानहरुले के गर्ने ?
क्रमश : उनी प्रश्नको सजीलै जवाफ दिदै गए ।– “राजनीती थप अध्ध्यन गर्ने पाटो हो । समाज सेवा गर्नका निमीक्त, आफु जस्तै अरुलाई बनाउँन, समाजलाई रुपान्तरण गर्न राजनीतीमा आएको हो । अर्कौ कुरा भ्रष्टाचारीलाई तह लगाउँनका निमीक्त सम्बन्धित निकायमा खवरदारी गर्ने, अनी जनशक्ति क्षमतावान भयो भने नेपालमै केहि गर्न सक्छ । खुसी र सम्मान पैसाले मात्र कमाउँन सकिदैन, नेपालमै खोजी गर्नुपर्छ हामी सक्छौँ हामी गछौँ भन्ने अभियानका साथ लाग्नुपर्छ । कुनै पनी वस्तुलाई परिमार्जन गरि उधमशील बन्न सकिन्छ जस्तै : टमाटर खेती गरेका किसानले टमाटर सस्तो मुल्यमा बिक्री भयो भनेर चिन्ता गर्नुभन्दा त्यसको सस बनाएर बिक्री वितरण गर्न सकिन्छ ।” बिधार्थीहरु सहज रुपमा लिदै सुनीरहे ।
नेपालमा प्लस टु पढिसकेपछि अव के गर्ने ? भन्ने युवाहरुको संख्या दिनानु दिन बढ्दै गएको छ । अहिले जो कोहि युवाहरुको मुखमा यहि एउटा उद्धेश्य छ । म अव विदेश जान्छु । नेपालमा केहि सम्भव नै छैन । के गर्ने ? कलेज जादा होस् या फर्किदा फलानो त विदेश गयो नी । अव हामी नी जानुपर्छ । देशको अर्थतन्त्र बलीयो नहुँदा , पढाई खर्च समेत नेपालमा नउठ्दा विदेशीने युवाहरुको क्रम बढ्दै गएको देखिन्छ । उसो त विदेशीहरुको जविनशैलीले अव नेपालका युवाहरु मोहित हुन थालेका छन् । बढ्दो बेरोजगारको अवस्थाले गर्दा पनी युवाहरु विदेशीने सपनाहरु देख्न थालेका छन् । नेपालमा केहि गर्नुपर्छ भन्ने सोच बोकेका युवाहरु अन्तीममा विदेशिनुपर्ने बाध्यता आईपरेको छ । यहि कुरालाई मनन गर्दै तुलसीपुर उपमहानगरपालीकामा रहेको मेट्रो कलेजले पढाई संगै सिप सिकाईलाई प्रभावकारी ढंगले अगाडि बढाउने भएको छ । युवाहरुलाई उधमशिल कसरी बन्ने र रोजगारी आफैले सिर्जना गर्न सकिन्छ भन्ने कुराको ज्ञान हासील गर्न पढ्दै र कमाउँदै कार्यक्रम संचालन गरीने भएको छ । आजको कार्यक्रममा तुलसीपुर उपमहानगपालीकाका ६ वटा सामुदायीक विधालयका विधार्थीहरुको सहभागिता रहेको थियो ।
तुलसीपुरका सामुदायीक विधालयका विधार्थीहरुलाई पढ्दै र कमाउँदै कार्यक्रममा समावेश गरी कार्यक्रमलाई निरन्तरता दिई उनीहरुको क्षमता अभीबृद्धि गर्ने मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले बताए । विधार्थीहरु पढाईमा मात्र नभई उत्पादनमा पनी संलग्न हुने उद्धेश्यका साथ तुलसीपुर मेट्रो कलेजले ग्रीन फाउण्डेसनको सहयोगमा तुलसीपुरका ६ वटा सामुदायीक विधालयमा यो परियोजना संचालन गरेको प्रमुख आचार्यले जानकारी दिए ।
पढ्दै , कमाउँदै उत्तमशिलता अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले शिक्षालाई ब्यवसायीक रुपमा लैजानका निमीक्त प्राविधिक शिक्षा आजको आवश्यक्ता भएको बताए । विधार्थीहरुमा पढाई संगसंगै ब्यवहारीक बन्नुपर्छ भन्ने उद्धेश्यले संचालन भएको यो कार्यक्रम विधार्थीहरु ब्यवहारमा कार्यान्वयन गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा मेट्रो कलेजले सिकाएको सिप र आर्यआर्जन गर्ने तरीकाका बारेमा छात्रा सिता भण्डारीले जानकारी गराएकि थिईन । ग्रीन फाउण्डेसन दाङका सचिव शुरेस रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीका मेयर टिकाराम खड्काको प्रमुख आतीथ्यता एंव निवर्तमान मेयर ग्रीन फाउण्डेसन केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेको विशीष्ट आतीथ्यतामा कार्यक्रम भएको हो ।
मेट्रो कलेजका कार्यक्रम संयोजक अपिल आचार्यले स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण कलेजका वन विज्ञान प्रशिक्षक सचिन सुवेदिले गरेका थिए ।