आज दिउँसोदेखि मनसुनी वायु थप सक्रिय, उच्च सतर्कता अपनाउन आग्रह



मनसुनी वायु सक्रिय बनेसँगै आजदेखि भोलिसम्म देशका धेरै ठाउँमा अत्यधिक वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा आरीघोप्टे वर्षाको सम्भावना छ। पर्सिदेखि भने क्रमशः मौसम सुधार हुने अनुमान गरिएको छ।

बाढी–पहिरोको उच्च जोखिम भएकाले विशेषगरी काठमाडौं उपत्यका, पूर्वी तराई र नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएकाे छ।

प्रकाशित मिति : २०८२ असोज १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्