
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ । उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा २०० भन्दा बढी कला,संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिनेछ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १६ वटा राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।
महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिनेछ । लिच्छविकालीन चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखी कलात्मक मञ्च निर्माण गरिएको छ ।
उद्घाटनका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्युतीय पाला र झण्डा रिमोटमार्फत फहराएर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सहभागी सवारी साधनका लागि विभिन्न स्थानमा पार्किङ र र्यालीको व्यवस्था गरिएको छ ।

