तुलसीपुरमा एक बालिका मृत अबस्थामा फेला



टाउकोमा गोली लागेको अबस्थामा प्रहरी जवान मृत फेला

तुलसीपुरमा एक बालिका मृत अबस्थामा फेला परेकी छिन् । आज बिहिबार तुलसीपुर उपमहानगरपालिका १५ पहरुवा निवासी नर बहादुर रैदाशको छोरी १८ वर्षिया धारा रैदाश मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घरदेखि करिब ५० / ६० मिटर दक्षिण तर्फ तुलसीपुर १६ का मदन केसीले संचालन गरेको एमटी ईट्टाभट्टाले बनाएको खाली टहरा भित्र मृत अबस्थामा फेला परेको सूचना अधिकारी मल्लले जानकारी दिनुभयो ।

अहिले उक्त ईट्टाभट्टा सञ्चालनमा छैन् । मृत भेटिएका बालिकालाई बाख्रा चराउन गएका गोठालाले  देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलासीपुर ल्याइएको छ । मृतक बालिकाको शरिरमा कुनै घाउ चोट पटक देखिएको छैन । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्