गोविन्द खड्का
दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा विहिवार देखि व्यवसायीक सचेतना कार्यक्रम शुरु गरेको छ । संघका अध्यक्ष वसन्त जोशिले शुभारम्भ गर्नुभएको हो ।
सचेतना कार्यक्रममा सबैका ढाका ढोकामा पुगेर व्यवसायीका गुणासा सुन्ने र आवश्यक सेवा दिने सहकोषाध्यक्ष एवं सदस्यता तथा कोष बृद्धि उपसमिति संयोजक माधव खनालले जानकारी दिनुभयो ।
टोलि सब्जीमण्डी, राप्ती टोलमा घरदैलो गरेको थियो । दिनदिन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । प्रमाणपत्र देखिने गरी राख्ने, समयमा नविकरण गर्ने, पान नम्बर देखिने गरी राख्ने लगाएत सिकाएको छ । पहिलो दिन ८० पसलमा पुगेर सेवा दिइएको संयोजक खनाललले बताउनुभयो । व्यवसायीलाई वुलेटिन र क्यालेन्डर वितरण गरीएको थियो ।
संघका सदस्य निमबहादुर बुढाथोकि, विष्णु रिजाल, नोर्बुृ तामाङ लामा र बामदेव न्यौपाने दिनभरी खट्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, महासचिव महेन्द्र बुढाथोकि लगाएतको सहभागिता थियो ।