३१ लाखको ईन्धन खर्च भन्ने समाचार प्रति तुलसीपुर उपमहानगरको ध्यानाकर्षण



दाङको तुलसीपुर उपमहानगरपालिकाले एक महिनामा ३१ लाखको ईन्धन खर्च भन्ने समाचार प्रकाशन प्रति ध्यानाकर्षण भएको जनाएको छ । आईतबार एक विज्ञेप्ती जारी गर्दै उपमानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको हो ।

नगर प्रवक्ता माधव वलीद्वारा हस्ताक्षरित विज्ञेप्तीमा भनिएको छ, विभिन्न सञ्चारमाध्यममा तुलसीपुर उपमहानगरपालिकामा एक महिनामा ३१ लाखको इन्धन खर्च भन्ने समाचार प्रकाशन प्रशारणप्रति हाम्रोे ध्यानाकर्षण भएको छ । सञ्चारमाध्यममा आएको जस्तो एक महिनाको अवधिमात्रै नभई २०७९ असोज कात्तिक महिनामा आएको बाढी ,पहिरो, डुबानका क्रममा र २६ वटा सडकहरु कालोपत्रे कामको सबवेश विच्छ्याउने काममा उक्त मूल्यको इन्धन प्रयोग भएको हो । सञ्चारमाध्यममा एकपक्षीयरुपमा पालिकाकोतर्फबाट विपद् र विकास निर्माण भएको इन्धन खपतको विषयलाई स्थान नदिई र पालिकाकोतर्फबाट सम्बन्धित शाखा वा आधिकारिक स्रोतबाट जानकारी नै नलिई समाचार प्रकाशन प्रशारण गर्नु दुःखको कुरा हो । एकपक्षीय स्रोतको मात्रै प्रयोग गर्नु पत्रकारिताको धर्म विपरित कार्य भएको हाम्रो ठहर छ विज्ञेप्तीमा भनिएको छ ।

त्यसैगरी सञ्चारमाध्यममा आएजस्तो बिदाको समयमा इन्धन खर्च हुन नसक्ने कपोकल्पित र भ्रामक समाचार प्रकाशन प्रसारण प्रति गम्भीर ध्यानाकर्षण भएको छ । विपद्को जोखिममा पालिकाका जनशक्ति परिचालित भएको अवस्थामा यस्ता समाचारले त्यस्ता कार्यमा लाग्नका लागि थप प्रोत्साहन गर्दैनन् हतोत्साहित गर्ने हुँदा त्यसबाट मानवीयता धर्म समेत हटेको आभाष भएको छ । विपद् भन्ने कुराले बिदाको अर्थ राख्दैन ।२०७९को बाढी,पहिरो र डुबानका कारण पालिकाका अधिकाशं वडाहरुमा पालिकाबाट यान्त्रिक साधनहरु प्रयोगमा आएका थिए । महान् पर्व दशै टीकाको दिनमा समेत पालिकाको जनशक्ति र यान्त्रिक साधनहरु विपद् व्यवस्थापनमा परिचालित भएका थिए । उक्त समयमा त्यही समयमा विपद् र २६ वटा सडक कालोपत्रे गर्नका लागि सबवेशको काम गर्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण बाहिरबाट केही यान्त्रिक साधनहरु ल्याएर काम गर्नुपर्ने अवस्था आएको थियो । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर कपुरकोट सडकखण्डमा आएको पहिरो हटाउनका लागि समेत पालिकाका यान्त्रिक साधनहरु प्रयोग भएका थिए । उक्त सडकखण्ड पालिका क्षेत्रभित्र पर्ने तर दायित्वभित्र पर्ने होइन । नागरिकले पहिरोका कारण दुःख पाएको ,एम्बुलेन्स रोकिएको स्थानीय सरकार टुलुटुल हेर्न सक्दैन ।

त्यही मानवीय धर्म पालना गरेकै कारण सुनियोजिरुपमा प्रशारण प्रकाशन गरिने यस्ता खाले समाचारले नागरिकमा अफवाह फैलाउने र स्थानीय सरकारप्रति वितृष्णा फैलाउने काम भइरहेका छन् । त्यो समयमा कहाँ,कहिले कुन परिणाममा इन्धन खर्च भयो भन्ने प्रमाण हेर्न चाहेको अवस्थामा प्राप्त गर्न सकिन्छ ।पश्चिम क्षेत्रमा एउटामात्रै पालिकामा रहेका दमकल समेत यहीको इन्धनबाट सञ्चालनमा आइरहेको छ । दमकल,एम्बुलेन्स,यान्त्रिक साधनहरुमा प्रयोग गरिने इन्धन समेत यही पालिकाबाट खर्च भइरहेका छन् । पत्रकारितामा अधिकतम स्रोत९क्वान्टम थ्यौरी० प्रयोग नगरि एउटै स्रोतको कुरालाई मात्रै उल्लेख नदेखिनु सुनियोजित र भ्रामक हो भन्ने हाम्रो ठहर छ । यस्ता भ्रमपूर्ण समाचारप्रति विश्वस्त नरहन सम्पूर्ण नागरिकहरुमा हार्दिक अनुरोध गर्दछौ विज्ञेप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्