
कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका खिमबहादुर बिक कारागारबाट फरार भएपछि पुनः पक्राउ परेका छन्। तुलसीपुर–५ रानीजरुवाका २२ वर्षीय बिक भदौ २४ गते जेनेजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट फरार भएका थिए।
फरार रहेका बिकले असोज ११ गते राति आफ्नै बस्तीमा ५३ वर्षीय स्थानीयमाथि धारिलो हतियार प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा जिल्ला अदालत दाङले असोज १३ गते पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरीले असोज १८ गते साँझ दंगीशरण गाउँपालिका–२ सातखुटीमा लुकेर बसेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरी कारागार कार्यालय तुलसीपुरमा बुझाएको जनाएको छ। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थप अनुसन्धान जारी छ।
प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार

