नेकपा एमाले दङिशरन गाउँ कमिटी अन्तर्गत वडा न ३ को वडा अधिबेशन सम्पन्न भएको छ।
अधिबेशनले टेक बहादुर भन्डारिको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरिएको छ। जसको उपाध्यक्षमा मेनका अधिकारी ,सचिवमा सन्जिता चौधरी सह- सचिवमा शोभाकर चौधरी , सह – सचिवमा खड्गि चौधरी रहनु भएको छ ।
यस्तै वडा कमिटीको सदस्यहरुमा लैबिर चौधरी ,सिता चौधरी , सुनिता बि .क , चेतलाल योगि , कृष्ण चौधरी , जनक भण्डारी ,अन्जन चौधरी ,सुरेन्द्र चौधरी , डिल्लि राज गिरि , इश्वरि चौधरी, प्रकाश परियार, शान्ता चौधरी , कान्छुराम चौधरी , कमल चौधरी लगाएत रहेका छन् ।
वडा कमिटीका उपाध्यक्ष मेनका अधिकारिको अध्यक्षता तथा प्रदेस कमिटी सदस्य हुकुम बस्नेतको प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको हाे ।
साे अवसरमा प्रमुख अतिथि बस्नेतले पार्टीलाई चलाएमान बनाउन वडा कमिटिकाे विशेष जिम्मेवारी हुने बनाउनुभयाे । जनतासंग जाेडिएर गरिएका कामहरुकाे निरन्तरता दिई आगामि दिनमा पार्टीलाई हरेक काेण बाट बलियाे बनाउन जिम्मेवारीपुर्वक लाग्न निर्देशन दिनुभयाे । अब वडाकमिटी शक्तिकाे रुपमा अगाडि बढ्नुपर्छ भन्दै जनताकाे मनाेवल बढाउँन, बाकि रहेका विकास निर्माणका कामलाई निरन्तरता दिन जनतामुखि बन्नका लागि निराशाजनक नभइ उत्साहित भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
साे अवसरमा प्रदेश सल्लाहकार सदस्य धमकलि चाैधरी, जिल्ला उपसचिव भुवनेश्वर पाैडेल, क्षेत्र न.३ का उपसंयाेजक एन . एन शाह (मेघनाथ),जिल्ला सदस्य भागिराम चाैधरी, दङ्गिशरण गाउँपालिका अध्यक्ष बसन्त वलीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
निवर्तमान पालिका अध्यक्ष भरत अधिकारीकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे शहजिकरण खुसिराम चाैधरीले गर्नु भएको थियाे ।