दङ्गिशरणका किसानलाई तरकारीका बिउबिजन अनुदानमा वितरण



दाङको दंगीशरण गाउँपालिकाले उन्नत तथा हाइब्रीड जातका तरकारीका बिउबिजन अनुदानमा वितरण गरेको छ । गाउँपालिकाको चालु वर्षकोे स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा उन्नत तथा हाइब्रीड जातका तरकारीका बिउ बितरण गरेको हो ।

स्विकृत वार्षिक कार्यक्रम अनुसार ४ लाख बजेट बिनियोजन भएकोमा १ लाख ५९ हजार  च्याउको बिउ खरीदमा खर्च गरीएको र  बाँकी रहेको २ लाख ४१ हजार र पालिकाको २ लाख ४१ हजार जम्मा किसानको गरी कुल ४ लाख ८२ हजारको तरकारीको बिउ बितरण गरीएको हो ।

गाउँपालिकाले एक हप्ताको सुचना आह्वानगरी  ५४ वटा समुहरुबाट माग निबेदन भए बमोजिम तीन थरीका बोडी, काक्रा, खुर्सानी, भाण्टा,फर्सी ,करेला लगायतका ८ प्रकारका तरकारीहरुको बिउ बितरण गरीएको कृषिशाखा प्रमुख शरु भुषालले जानकारी दिनुभयो ।

तरकारीको बिउ बितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले हाइब्रीड जातको बिउ केही महङ्गो हुने हुँदा किसानहरुलाई खरीद गर्न केही सहजहोस र थोरै रकमले उन्नत र हाइब्रीड जातका तरकारी उत्पादनमा टेवा पुगोस भन्ने उदेश्यले आफुहरुले बजेट बिनियोजन गरेको अध्यक्ष गिरीले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गाउँपालिका कृषि शाखा सहायक मान बहादुर डाँगीले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्