तुलसीपुरमा शान्ति महिला नमुना संसदका पूर्व संसदहरुको पुनर्गठन

संसदको सभामुखमा सिमा न्यौपाने चयन


शान्ति महिला नमुना संसदका पूर्व संसदहरुको पुनर्गठन एवं परिचालन सम्बन्धी पहिलो भेला शनिवार तुलसीपुरमा सम्पन्न भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसीपीसी) ले पूर्व नमुना सांसद, जनप्रतिनिधि, अधिकारकर्मी लगाएतकोे सहभागितामा शान्ति नमुना महिला संसद पुनर्गठनका लागि पहिलो भेला आयोजना गरेकोे हो ।

महिलालाई नेतृत्व तहमा ल्याउन शान्ति नमुना महिला संसद संचालन गरिएको नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसीपीसी) संस्थाका अध्यक्ष नबराज लामिछानेले जानकारी दिनुभयो ।

संस्थाले २०६५ सालमा तुलसीपुरबाट शान्ति नमुना महिला संसद सुरुवात गरेको थियो । आज तुलसीपुरमा आयोजित पुनर्गठित भेलाबाट शान्ति महिला नमुना संसद १५ वर्ष पछि पुनः ब्युझिएको छ । महिलाहरुकाे नेतृत्व तहमा क्षमता बढाउन ययसले सहयाेग पुग्ने अध्यक्ष लामिछानेले बताउनुभयाे । उहाँका अनुशार यस कार्यक्रमले महिलाहरु लाई सामाजिक उत्तरदायित्व निर्वाह गर्न टेवा पुग्नेछ ।

पुनर्गठित भेलाले नमुना शान्ति महिला संसदको सभामुखमा सिमा न्यौपानेलाई चयन गरेको छ । नमुना संसदको उपसभामुखमा सुष्मा गिरी,महासचिवमा दिप्तीशिखा चौधरी र सचिवमा शर्मिला तिवारी चयन हुनुभएको छ । यस्तै  संसदको प्रवक्तामा नानीमैया केसीलाई चयन गरिएको छ ।

नमुना संसदमा तुलसीपुर उपहानगरपालिकाका १९ वटा वडाहरुबाट दुई जनाको दरले ३८ जना महिला जनप्रतिनिधि सांसद सदस्य रहने व्यवस्था छ । विज्ञताका आधारमा २० जना र १४ जना पर्यवेक्षक, मर्यादापालक, विज्ञहरुको सहभागितामा संसदिय अभ्यास सञ्चालन हुनेछ ।

सभामुख सहित ५८ जनाले संचालन गर्ने संसदमा सातवटा विभिन्न विषयगत समितिहरु रहेका छन् । सबै बिषयगत समितहरुमा दुई जना सदस्य रहने गरि समितिको संयोजक पनि चयन गरिएको छ ।

जसअनुसार कानून तथा सामाजिक न्याय समितिको संयोजक युवा करारा,शान्ति तथा मानव अधिकार संरक्षण समिति संयोजकमा मधुमति सुनार चयन हुनुभएको छ । यस्तै आर्थिक समिति संयोजक कल्पना चौधरी,  राजनैतिक समिति संयोजक सरिता देबकोटा, सांस्कृतिक समिति संयोजक छबि खराल, सूचना,सञ्चार,समन्वय र साझेदारी विकास समिति संयोजक लालमति भण्डारी, मानव संसाधन विकास र स्रोत व्यवस्थापन समिति संयोजकमा लोकमाया पुनलाई चयन गरिएको हो ।

यस्तै नमुना संसदमा १७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । समितिको सल्लाहकारहरुमा नबराज लामिछाने,कोमल वली,अनारकली मिया,स्यानी चौधरी,हुमा डिसी,माया आचार्य रहनुभएको छ । यस्तै दुर्गालाल केसी, सावित्रा विक, लक्ष्मी आचार्य, साजिदा सिद्दिकी, बसुन्धरा गौतम, नारायणी रजौरे, लिला शाह, माया श्र्रेष्ठ, देबिका न्यौपाने,बिष्णु कुमारी आचार्य र शुसिला पौडेल चयन हुनुभएको छ ।

शान्ति महिला नमुना संसदका पूर्व सभामुख सिमा न्यौपानेको अध्यक्षता,तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता एवं राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा उपमेयर स्यानी चाैधरीले महिलाहरु सदन चलाउनका लागि यश कार्यक्रमले अभिप्रेरित गर्ने बताउनुभयाे । हरेक तहमा पुगिसकेपछि नेतृत्व गर्न र लिन सक्नुपर्ने भन्दै सिकाइ नै महत्त्वपूर्ण कुरा रहेको बताउनुभयाे ।

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य समेत रहनुभएकी एमाले नेत्रृ कोमल वलीले संसदिय अभ्यासमा महिलाहरुको भुमिकालाई नमुना संसदले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरलाई लक्षित गरेर आयोजना गरिएको नमुना संसदले महिलाहरुलाई राजनितिक जागरण संगै नेतृत्व विकास तथा शसक्तिकरणमा समेत योगदान पु्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिलाहरु संङख्यात्मक रुपमा प्रतिशतमा मात्र सिमित भएकाे  र नेतृत्व तहमा हस्तक्षेपकारी भुमिकामा रहेकाे भन्दै    यो विषयमा सबै महिला दिदिबहिनीहरुले गम्भिर समिक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

महिलाहरुको हक अधिकारका लागि संविधानमा सुनिश्चित भएपनि पार्टीभन्दा माथी उठ्न नसक्दा नेतृत्व तहमा हस्तक्षेपकारी भुमिका खेल्न नसकेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का सदस्य तथा न्यायीक समिति सदस्य समेत रहनुभएकि देवि पोख्रेलले समाजमा भने जस्तो सम्भावना छैन भनेर पन्छन नहुने बताउनुभयो ।

घरेलु हिंसा न्यूनिकरण गर्ने,दिगो शान्ति स्थापना गर्ने र नेतृत्व तहमा महिलाहरुको क्षमता विकास गर्ने लक्ष्यका साथ शान्ति नमुना महिला संसदको अवधारणा अनुसार तुलसीपुरमा नमुना संसदको पुनः शुरुवात गरिएको छ । तुलसीपुरमा संचालन भएकोे शान्ति नमुना महिला संसदले महिलालाई नेतृत्व तहमा पुगेर नीति निर्माण बनाउने देखि कार्यान्वयनसम्ममा सफलता दिलाउने अपेक्षा गरिएको छ।

नमुना संसदका पूर्व सांसद तथा बबई गाँउपालिकाका निवर्तमान उपप्रमुख सबित्रा विश्वकर्माको स्वागत गितबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका   महासचिव नानीमैया केसीले गर्नुभएको थियाे।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्