नेकपा एमालेकाे आयाेजनामा भाेली हुने बृहत् जनसभाकाे तयारी पूरा भएकाे जनाएको छ । सभाका लागि मञ्च व्यवस्थापन,स्वंयसेवक परिचालन,माईक तथा साउण्डसिस्टम व्यवस्थापन,प्रचारप्रसार,यातायात व्यवस्थापन लगायतका काम सम्पन्न भैसकेकाे छ ।
प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी शर्मा वलीकाे उपस्थितिमा जिल्ला समन्वय समितिकाे मञ्चमा हुने सभामा करिव ५० हजार जनताकाे सहभागिता हुने एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयाे ।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउनु भनेकाे यहाँका जनताले अवसर र उपलब्धिका रुपमा लिनुपर्नेमा जाेड दिदै सहभागिताका लागि सम्पूर्ण दंगाली जनताहरुलाई आग्रह गर्नुभयो ।
जनसभा अघि घाेराहीका चार वटा क्षेत्रबाट बिभिन्न संस्कृति झल्कने झाँकी सहितकाे रर्याली निकालिने एमाले दाङका उपाध्यक्ष तथा जनपरिचालन उपसमितिका संयाेजक मनाेहर बुढाथाेकीले जानकारी दिनुभयाे ।
त्यसका लागि पूर्वतर्फ ट्राफिक चाेक,दक्षिण तर्फ नेत्रलाल पार्क गुलरियाबाट,उत्तर तर्फ सभाहलबाट र पश्चिम तर्फ रतनपुर चाेकमा जम्मा गरेर बृहत् र्र्याली निकालिनेछ ।
दिउसाे १२ बजेदेखी र्याली दामाेदर चाेकमा एकीकृत भएर सहिद गेट हुँदै सभास्थलमा पुग्नेछ । सभामा उपस्थित हुनका लागि पार्टीको वडा कमिटी मार्फत प्रत्येक घरघरमा निमन्त्रणा समेत गरिसकेको र सयाै गाडी माफर्त हजाराै जनता सभामा सहभागी हुने एमाले दाङका सचिव श्याम डागीले जानकारी दिनुभएको छ ।
सचिव डाँगीले समग्र दाङको विकासका लागि एमाले दाङले जनसभाकाे आयोजना गरेकाे पनि जानकारी दिनुभयो । सभालाई व्यवस्थित बनाउन करिव ३०० जना स्वयंसेवक परिचालन गरिने युवा स्वयंसेवक परिचालन उपसमितिका संयाेजक सुदन केसीले जानकारी दिनुभयाे ।