दंगीशरण–६ का हिरासिंह वली जेनजी आन्दोलनमा घाइते



दाङ दंगीशरण गाउँपालिका–६ लेटार निवासी हिरासिंह वली काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा गोली लागी घाइते भएका छन्। सोमबारको घटनामा घाइते भएको वडाध्यक्ष रोशन जंग शाहले जानकारी दिनुभयाे ।

शाहले मंगलबार विज्ञप्ति जारी गर्दै वलीको स्वास्थ्य लाभको कामना गर्दै सरकारलाई जेन–जीका माग सम्बोधन गर्न आग्रह गर्नु भएको छ ।

साथै आन्दोलनमा मृत्यु भएका १९ विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वडा कार्यालय र शैक्षिक संस्था मंगलबार बन्द गरिएको छ।

 

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्