कक्षा १२ को नतिजा सार्वजनिक



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ६१.१७% विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३% ननग्रेड भएका छन्।

वैशाख १४–२६ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ३ लाख ९० हजार विद्यार्थी सहभागी भएका थिए।

नतिजा बोर्डको वेबसाइट result.neb.gov.np, neb.gov.np, वा नेपाल टेलिकमको neb.ntc.net.np मार्फत हेर्न सकिन्छ।

एसएमएसबाट हेर्न चाहनेले NEB Symbol No. टाइप गरी १६०० मा पठाउन सक्नेछन्।

ग्रेडवृद्धि (पूरक) परीक्षा भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्