लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणी सन्तुलन कायम राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताउनु भएको छ । पाल्पाकाे बसन्तपुरमा प्राणी शास्त्र सम्बन्धी राष्ट्रिय सम्मेलनलाई साेमवार सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताउनु भएको हाे ।
`वातावरणीय सन्तुलन जरुरी छ । पारिस्थितिक प्रणालीलाइ जाेगाउन छ । यसकालागि लुम्बिनी प्रदेशमा यहाँहरुले गर्ने खाेज अनुसन्धानबाट प्राप्त नतिजालाइ आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउछ´उहाँले भन्नुभयाे-`लुम्बिनी प्रदेश जैविक विविधताले धनी छ । यसलाई बचाइराख्न जरुरी छ । लाेपन्मुख जिवजन्तुकाे संरक्षण जरुरी छ । मानिस जीवनकाे अस्तित्व जाेगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ ।´ विकास र समृद्धिकाे आधारकाे रुपमा वातावरणीय क्षेत्र रहेकाे, यसकाे संरक्षण र मितव्ययि सदुपयोगबाट दिगाे विकासकाे आधार निर्माण गर्न सकिने बताउनु भयाे ।
प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेश्नल कंग्रेस अफ जोलोजि सुरु भएको छ । प्राज्ञिक, बैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुस्लाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निश्कर्ष प्रस्तुत गरिएको नेपाल जोलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताउनु भयाे ।
सम्मेलनमा जैविक विविधता र पारिस्थितीक प्रणाली, मानव बन्यजन्तु द्वन्द र न्युनिकरण लगायतका विषयमा छलफल भइरहेकाे छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढि प्राणीशास्त्रीहरुको सहभागीता रहेकाे छ ।प्राणीशास्त्री र अनुसन्धानकर्ताहरु लुम्बिनी केबलकारको यात्रा मार्फत माथिल्लो स्टेशन बसन्तपुरमा सम्मेलन गरी प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर दर्शन समेत गरेका छन् ।