नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले एक वर्षमा करिब १५ सय ग्राहकको लाईन काटेको छ । केन्द्रले सयमयै विद्युत महशुल नबुझाउने करिब १५ सय ग्राहकको लाईन काटेको हो ।
लाईन काटेका मध्ये प्रायले बक्यौता रकम बुझाए पछि पुनः लाईन जोडिएको छ । भने कति ग्राहकहरुले किस्तामा बक्यौता महशुल बुझाउँदै आएका छन् । गत आर्थिक वर्ष २०७८र७९ मा समयमै विद्युत महशुल नबुझाउँने १५ सय ग्राहको लाईन काटिँदा एक करोड ८९ लाख बक्यौता रकम उठेको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्दका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिनुभयो ।
यस्तै विद्युत महशुल ६ महिनासम्म नबुझाउने ग्राहकलाई नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरले कालो सुचिमा राखेको छ । केन्द्रले एक वर्षमा ६ महिनासम्म महशुल नबुझाउने ४२ ग्राहकलाई कालो सूचिमा राखेको हो ।
गएको असार मसान्तसम्ममा विद्युत महशुल नबुझाउने ४२ ग्राहक कालो सूचिमा परेका छन् । समयमै विद्युत महशुल नबुझाउने ग्राहकको लाईक काटेको ६ महिनासम्म पनि महशुल नबुझाए पछि उक्त ग्राहकलाई कालो सुचिमा नियमानुसार राखिने गरिएको छ । ति मध्ये पाँच जना ग्राहकले किस्तामा महशुल बुझाई रहेको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए । व्यापारी पनि छन् । विद्युत प्राधिकरणले विद्युत महशुल नबुझाएको ९० दिन कटेको र १००० रुपैयाँ भन्दा बढी महशुल बुझाउँन बाँकी रहेको ग्राहकको लाईन काट्दै आएको छ । अझै पनि ३२ सय ग्राहको लाईन काट्न बाँकी रहेको प्रमुख फर्सालले जानकारी दिनुभयो ।
असार मसान्तसम्म तीन करोड ४५ लाख रकम उठ्न बाँकी देखिएको प्रमुख फर्सालले जानकारी दिनुभयो । साउन १ गतेदेखि बाँकी बक्यौता उठाउँन सुरु भईसकेको उहाँले बताउनुभयो । २०७८ साउन देखि ०७९ को असार मसान्तसम्म ३ करोड ५८ लाख युनिट विद्युत विक्रि गरिएको तथ्याङक छ । जसबाट ३२ करोड २० लाख रमक रहेको छ । विक्रि युनिट र बाँकी बक्यौता गरि एक वर्षको अवधिमा ३४ करोड ३२ लाख रकम उठेको प्रमुख फार्सालले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणको विनियममा ६० दिन पुगेमा बिना सूचना विद्युत लाईन काटिने सूचना आम ग्राहकसम्म पुर्याउन माईकिङ गर्ने योजना रहेको प्रमुख फर्सालले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले तुलसीपुर उपमहानगरपालिकासहित, शान्तिनगर, दंगीशरण र बबइ गाउँपालिकामा क्षेत्रमा विद्युत वितरण गर्दै आएको छ । ४७ हजार पाँचसय ग्राहक छन् ।