
दाङमा पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ जमेरा निवासी ७१ बर्षीय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो ।
चौधरीलाई मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा गम्भीर घाइते भएका थिए । ढाड, पेट र दुवै हातमा चोट लागेकाका उनको मंगलबार नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगिएको थियो ।
उनको बुधबार विहान ९ बजेतिर घरमै मृत्यु भएको जनाइएकाे छ।
प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार

