दाङको तुलसीपुरमा शान्ति पोस्टर प्रतियोगिता भएको छ । लायन्स क्लब अफ दाङ क्यापिटलको आयोजनामा गुरुकुल एकाडेमी तुलसीपुरमा कार्यक्रम भएको हो ।
क्लबका अध्यक्ष भीम प्रकाश ओलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का अध्यक्ष बिरेन्द्र शाहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगी, क्लबका संस्थापक अध्यक्ष हिमाल डाँगी, प्रथम उपाध्यक्ष अजीत खनाल, निवर्तमान अध्यक्ष दीपक के.सी., सचिव प्रकाश भुसाल लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ दाङ क्यापिटलका कोषाध्यक्ष दीपकराज खड्काले गर्नु भएको थियाे ।
प्रकाशित मिति : २०८१ कार्तिक १२ गते सोमवार