निजामती कर्मचारी संगठन दाङले तिज मिलन कार्यक्रम गर्ने



नेपाल निजामती कर्मचारी संगठन दाङले तिज मिलन कार्यक्रम गर्ने भएको छ । यहि आउदाे भाद्र १५ गते तुलसीपुरमा तिज मिलन कार्यक्रम गर्ने जिल्ला अध्यक्ष शेर बहादुर के.सि. ले जानकारी दिनुभयो । तुलसीपुरमा बसेकाे संगठनकाे बैठकले तिज मिलन कार्यक्रम गर्ने निर्णय गरेकाे हाेे ।

महिलाहरुकाे महान पर्व तिजकाे अवसर पारि संगठनलाई अगाडि बढाउने , संगठनकाे हितका लागि काम गर्ने र सामाजिक गतिविधि गरि समाजमा याेगदान पुर्याएका, केही ब्यक्तिहरुलाइ पनि सम्मान गरिने उपाध्यक्ष शिवराज न्याेपानेले जानकारी दिनुभयाे ।

तिज मिलन कार्यक्रम सभ्य भब्य बनाउँनका लागि सबैलाई उपस्थिति भइ सहयोग गरिदिन संगठनले सबैमा आग्रह गरेको छ ।
उपाध्यक्ष पवित्रा के. सि. काे स्वागत मन्तब्यबाट शुरु भएको बैठककाे शहरीकरण सचिव बाबुराम न्याेपानेले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्