दाङको तुलसीपुरमा आजदेखि दोस्रो तुलसीपुर महोत्सव २०८१ सुरु भएको छ।’ स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार: सहरदेखि गाउँसम्म व्यापार विस्तार ‘ भने मूल नाराका साथ सञ्चालन भएको महोत्सवको भव्य रुपमा उद्घाटन गरिएको छ। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख अतिथितामा महोत्सवको उद्घाटन गरिएको हो।
महाेत्सवकाे उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले मेला महाेत्सवले कला संस्कृति र रैथाने खाना लाई बजारिकरण गर्ने र उत्पादन संग जाेड्नमा टेवा पुर्याएकाे बताउनुभयो ।
“महाेत्सव हेर्ने मात्र नभइ यसबाट के कस्तो शिक्षा लिने वा दिने भन्ने कुरा हाे । उधम र कृषि ब्यवासाय बाट अरु थप प्राावधान केछ ? सिक्नुपर्छ । कृषिलाई प्राेत्साहन गर्नुपर्छ ।स्थानीय उत्पादन, पर्यटन, कला, र संस्कृति प्रवर्द्धनमा यस्ता महोत्सवहरू प्रभावकारी हुने हुदा स्थानीय उद्यमशीलताको विकासमा सरकार प्रतिबद्ध हुनुपर्छ ।”- मन्त्री न्याैपानेले भन्नुभयो ।
एकअर्काे प्रसंगमा उहाँले पछिल्लो समय युवा पलायन बढ्दै गएकाले यसलाई राेक्न हरेकलाइ फरक फरक ब्यवासाय मा जाेड्नका लागि कार्यक्रम तयार गर्नुपर्ने भन्दै आबश्यकता बुझेर दिगाे रुपमा चल्ने ब्यवसायिक कार्यक्रम सचालन गर्नुपर्ने भन्दै स्थानिय, प्रदेश र संघले साेच्न जरुरी रहेको बताउनुभयो ।
साे अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, राष्ट्रिय सभा पूर्व सदस्य कोमल ओलि, संविधानसभा सदस्य अनारकलि मिया, विभिन्न राजनीतिक दलका नेता , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले मेला महोत्सवले कृषि उत्पादनको विकास, प्रवर्द्धन र व्यापार व्यवसाय बजारिकरणमा थप टेवा पुग्ने बताएका थिए ।
चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष कुमार खड्काले स्वागत मन्तब्य राख्नु भएको थियाे भने कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्मा र सनोद थापाले गर्नु भएको थियाे।
उद्घाटन पुर्व विभिन्न जातजातिको भेषभुषा सहितकाे सांस्कृतिक झाँकी, र्याली पन्चेबाजा सहितको शोभा कलश यात्रा सहित बजार परिक्रमा गरेको थियो।
महोत्सवमा विभिन्न स्थानीय उत्पादन, कृषि, हस्तकला, रैथाने परिकार लगाएतका स्टलहरू राखिएका छन्। महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ ।