गोर्खा मावि तुलसीपुरकाे १४ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न




गोर्खा मावि तुलसीपुरले आज १४ औँ वार्षिकोत्सव आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


त्यस अवसरमा नगरप्रमुख खड्काले दक्ष जनशक्ति उत्पादनमा गोर्खा माविले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ब्यवहारिक शिक्षा प्रदान गर्नेमा गाेर्खा मावि उदाहरणकाे रुपमा रहेकाे भन्दै यस बिधालयमा अध्ययन गर्ने कुनै पनि बालबालिका नेपालमै बसि केही गर्ने क्षमताकाे हुने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

दक्ष जनशक्ति उत्पादनमा बिधालयले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने भन्दै तुलसिपुरमा रहेका सस्थागत बिधालय मध्ये गाेर्खा मावि एक नमुना बिधालयकाे रुपमा परिचित भइसकेकाे बताउनुभयो । सामुदायिक बिधालय र सस्थागत बिधालय सहकार्य गर्ने कुरामा पछि नहट्न आग्रह गर्नुभयाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीले बालबालिकालाई असल र नैतिकवान शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

बालबालिकालाई कसरी चनाखो, अनुशासित बनाउने भन्ने बिषयमा अभिभावकहरु पनि जिम्मेवार बन्नु पर्ने बताउनुभयो । उहाँले विदेश पलायन नहुने विद्यार्थीलाई वडाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

गोर्खा ग्रुप का सिइओ नवल सिंह जी.एमले विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्न शिक्षक, विद्यार्थी र अभिभावक गरी त्रिकोणात्मक सम्बन्ध बलियो हुनुपर्ने बताउनुभयो ।

साे अवसरमा काठमाडौँ विश्वविद्यालयका लक्ष्मण लुइँटेल, राप्ति बबई का पुर्व क्याम्पस प्रमुख युवराज रावत लगाएतले बिधार्थिहरुकाे ब्यक्तिकाे ज्ञान ,सीप र साेचलाइ मात्र विकसित नगरि उसकाे नैतिकता , सामाजिक जिम्मेवारी र जीवन जिउने कला पनि विकसित हुने खालकाे शिक्षा प्रदान गर्नुपर्ने बताएका थिए  ।

विद्यालयका प्राचार्य बिजय जि.एमले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रतिवेदन अनुशार विद्यालयमा अहिले तीन हजार बढी बालबालिकाले अध्ययन गरिरहेका छन् ।

कार्यक्रममा विधालयको मुखपत्र ‘द गोर्खा स्कूल म्याग्जीन’ को विमोचन गरिएको थियाे । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विज्ञान सामग्रि प्रदर्शन गरेका थिए भने विभिन्न समुदायका भेषभुषा र संस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको शहजिकरण गोर्खा मोडेल कलेजका प्रमुख पूर्ण विक्रम डाँगी र प्रावि संयोजक कमल भण्डारीले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्