जनविकास मुल समिती दंगीशरण ६ को तीज मिलन , अट्वारी तथा चौथो साधारण सभा आज शुक्रवार सम्पन्न भएको छ । जनविकास मुल समितीका उपाध्यक्ष दल बहादुर बुढाथोकिको अध्यक्षता तथा वडा अध्यक्ष रोसन जंग शाहको प्रमुख आतीथ्यता एंव समृद्ध दंगीशरणका अध्यक्ष दिल कुमारी वि.क.को विशीष्टले आतीथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतीथी वडा अध्यक्ष शाहले महिलाहरुको क्षमता विकास र शसक्तिकरणका लागि समृद्ध समाजसंग सहकार्य गरेर कार्यक्रम संचालन गर्ने बताउँनुभयो । समृद्ध समाजले गठन गरेको समुहमा बसेर धेरै बोल्ने कलाको विकास बढेको भन्दै यसलाई अझै निखार्नका लागि आगामि दिनमा योजना बनाई वजेट विनीयोजन गरीने बताउँनुभयो । वडा अध्यक्ष शाहले वडाको विकासका लागि सबै वडाबासीको साथ चाहिएको भन्दै सल्लाह, सुझाव र सहयोग गर्न आग्रह गर्नुभयो । वडामा गर्नुपर्ने काम धेरै नै छन्, खानेपानी सबै गाउँमा पुगिसकेको भन्दै यहाँको बाटो, नाला ,लगाएत भौतीक पुर्वाधार संगै मानीसहरुलाई सचेतीकरण गर्नका लागि आफनो तर्फ बाट पहल गर्ने भन्दै सहयोगको अपेक्षा रहेको बताउँनुभयो ।
कार्यक्रममा समृद्ध समाजका अध्यक्ष वि.क.ले समृद्ध समाजलाई ब्यवस्थीत गर्न धेरै काम बाकि रहेकाले सबै एक भएर काम गर्नुपर्ने बताउँनुभयो ।
यस्तै सहकर्मी समाजका कार्यक्रम अधिकृत पुनाराम पन्थीले सस्ंकृती, प्रकृती मान्छेको सम्पती भएको बताउँनुभयो । उहाँले गजेर्ना गर्ने नाममा देखावटी गर्ने, प्रतीस्पर्धामा उत्रीने गरि चाडपर्व भड्किलो नवनाउँन आग्रह गर्नुभयो । उहाँले हरेक कार्यक्रम रचनातमक र सिर्जनात्मक बनाउँने सके क्षमता विकास हुने बताउँनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका दिप्तीशिखा चौधरी, समृद्ध समाजका भिष्मा वि.सी., समुह सदस्य लक्ष्मी भण्डारी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मुल समितीका सदस्य शुसीला चौधरीले प्रश्तुत गरेको प्रतीवेदन अनुशार मुल समितीको कुल कोष १ लाख ६४ हजार २ सय रहेको छ । सहकर्मी समाजको कोशेली कार्यक्रम अन्र्तगत गठन भएको मुल सतिीमा १३ वटा समुह आवद्ध छन् । जसमा २३ जना महिला र ३ जना पुरुष गरि २६ जना सदस्य रहेका छन् । समुहबाट १२ सय ६८ जना लाभान्वीत जनसंख्या छन् । २०७४ साल देखि समुह गठन गरि काम सुरु गरेको समृद्ध समाजले सकारात्मक काम गरि समाजलाई संगठित हुन सिकाएको छ । सामुहिक कार्यबाट समाज सुधार अभियानमा लागेको समृद्ध समाज ७ वर्षको अवधिमा महिलाहरुको क्षमता विकासमा टेवा पु र्याउनुको साथै विकास निर्माणको काममा पनि पुलको काम गरेको छ ।
यस्तै कार्यक्रममा रीमा के.सी.,कमला डांगी, तुलसी डांगीले गित प्रश्तुत गर्नुभएको थियो । कार्यक्रमको शहजीकरण ललीता रोकाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन मुल समितीका अध्यक्ष बालकृष्ण खड्काले गर्नुभएको थियो ।