तस्विर: भिमजंग बि.क
हिजो बेलुकादेखि झाेलुङ्गे पुलमा अड्किएकाे गाेरुलाई सकुसल उद्दार गरिएको छ । ईलाका प्रहरी कार्यालय हेकुलि बाट गएको प्रहरीको टाेलिले गाेरुकाे सकुसल उद्दार गरेकाे हाे । हिजाे नै उद्दार गर्ने प्रयास गरेपनि रात परेका कारण नसकेपछि आज बिहान मात्र उद्दार गर्न प्रहरीकाे टाेलि पुगेकाे थियाे ।
दङ्गिशरण ४ वैवाङ र रामपुर जोड्ने झोलुङ्गे पुलमा गाेरु अड्किएकाे थियाे । जुर्पन्ने बाट खेत जाेतेर घर तर्फ जादै गर्दा दङ्गिशरण १ रामपुरका ज्याेति चाैधरीकाे गाेरु पुलमा अड्किएकाे हाे । केही दिन अघि आएकाे बाढिका कारण झाेलुङ्गे पुल भत्किएको थियाे ।
प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार