मेट्रो कलेजका विद्यार्थीका लागि थप अतिरिक्त सीप



No description available.

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजका विद्यार्थीहरुलाई थप अतिरिक्त सीप प्रदान गर्न थालिएको छ । कलेजमा प्राविधि विषय पढ्दै आएका विद्यार्थीहरुलाई शिक्षा प्राप्त गरेपछि श्रम बजारमा सजिलैसंग पुग्नका लागि अतिरिक्त सीप प्रदान गर्न थालिएको हो ।
अमेरिकन दुतावासको सहकार्यमा स्कील अप नामक संस्थाले अतिरिक्त सीप प्रदान गर्न थालेको हो । सीप सिकेपछि विद्यार्थीहरु श्रम बजारमा सजिलै प्रवेश गर्न सकिने युथ काउन्सील सदस्य सम्पदा दाहालले बताउनुभयो । उहाँले पछिल्लो समयमा शिक्षा प्राप्त गरेपनि श्रम बजारमा पुग्नका लागि विभिन्न कठिनाइहरु देखिदै आएको अवस्थामा शिक्षित युवाहरु सजिलै श्रम बजारमा प्रवेश गर्नका लागि सीप प्रदान गर्न थालिएको बताउनुभयो । रोजगारदाता र शिक्षित युवाहरु बीच समन्वय ,सम्पर्क स्थापित गरेर बढ्दो शैक्षिक बेरोजगार अन्त्यका लागि सीप अत्यन्त आवश्यक रहेको दाहालले बताउनुभयो ।

No description available.
नगरप्रमुख टीकाराम खड्काले कलेजका विद्यार्थीहरुले जिल्लामै पढ्दै कमाउँदै नमुना योग्य काम गरेको भन्दै सीप प्रदान पछि श्रम बजारमा पुग्नका लागि थप सहज हुने बताउनुभयो । उहाँले दक्ष युवा शक्ति समेत अतिरिक्त सीपकै अभावमा श्रम बजारमा पुग्नका लागि चुनौति रहेकाले अब त्यस्ता चुनौतिको सामना गर्न सक्ने बताउनुभयो ।

No description available.

यसैबीच स्किल अप कार्यक्रमको उद्घाटन गरिएको छ । हाम्रो लक्ष्य नै दक्ष्य नेपाली युवा भन्ने उद्देश्यका साथ नगरप्रमुख टीकाराम खड्काले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । स्कील अपका कार्यक्रम संयोजक कुलदीप चौधरीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कार्यपालिका सदस्य रिखा शर्मा, युवा परिषद् दाङका अध्यक्ष सुरेश रावतलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No description available.

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्