दाङ क्षेत्र नम्बर ३ २ मा गठबन्धनका धनबहादुर मास्की निर्वाचित



बुलेट छोडेर ब्यालेटको लडाईंमा होमिएका धनबहादुर मास्की 'राजेश' - Everest Dainik - News from Nepal

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गरे प्रदेश संसदको यात्रा सुनिश्चित गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्नुभएको छ । मास्की र बस्नेतबिचको मतान्तर २ हजार १ सय ६१ रहेको छ ।

मास्की पहिलो पटक संसदमा प्रवेश गर्ने अवसर पाउनुभएको हो । त्यस्तै अन्य प्रतिष्पर्धी राप्रपाका भुपाल रावतले ३ हजार ४ सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले ५ सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले ४ सय ५०, दुर्गा बहादुर वलीले २ सय ७८, गणेशबहादुर बस्नेतले १५९ राजन डाँगीले १२०, भुपबहादुर विकले ११८ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्