दाङमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने २१ सवारी साधन नियन्त्रणमा




दाङ प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानबाट विभिन्न समयमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती सवारी साधन पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङ मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले १९ वटा ट्याक्टर र २ वटा टिप्पर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनुभयो।

प्रहरीका अनुसार १९ वटा ट्याक्टरबाट ३ लाख ९३ हजार २३६ रुपैयाँ र दुई वटा टिप्परबाट १ लाख रुपैयाँ गरी कुल ४ लाख ९३ हजार २३६ रुपैयाँ जरिवाना असुल गरिएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक जरिवाना कारबाही गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्