पुस्तक तथा स्टेशनरी ब्यबसायी समिती दाङको २५ औं साधारणसभा सम्पन्न

 समिति दाङको अध्यक्षमा सुवेदि


 

पुस्तक तथा स्टेशनरी ब्यबसायी समिती जिल्ला दाङको १२ औँ जिल्ला अधिबेशन तथा २५ औँ साधारणसभा सम्पन्न भएको छ । “गुणस्तरीय उत्पादन मर्यादित ब्यापार ,नीति निर्माणमा पहुँच ,सागठनिक आधार ” भन्ने मुल नाराका साथ आज शनिबार तुलसीपुरमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी समितिका पुर्ब अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नबनिधी पन्तले शैक्षिक र बौद्धिक जनशक्ति निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

शैक्षिक र बौद्धिक जनशक्ति निर्माण गर्न महासघले देशब्यापि रुपमा ब्यवसायिक हितका लागि सहयोग, विपन्नलाई सहयोग समान,अबसरहरु प्रदान गर्ने कार्यक्रम संचालन गरिरहेकाे बताउनुभयो ।

त्यस्तै ब्यवसायलाइ फस्टाउनका लागि पुस्तक ब्यवसायिहरुकाे हितका लागि पुस्तक र पुस्तकालयकाे ब्यवस्थापन गर्नुपर्ने , पठन संस्कृति, शैक्षिक महाेत्सव जस्ता कार्यक्रमहरु आउदाे घाेषणा पत्रमा समावेश हुनुपर्ने कुरामा जाेड दिनुभयाे ।

साथै उहाले हरेक ब्यवसायिहरु बाच्न पाउनुपर्ने, केही गरि खाने ब्यवसायिहरुलाइ स्थापित गराउन राज्य गम्भीर हुनुपर्ने भन्दै बिदेश पलायनलाई रोक्न सरकार गम्भीर बन्नुपर्ने कुरामा जाेड दिनुभयाे ।

कार्यक्रममा समितिका केन्द्रिय बरिस्ठ उपाध्यक्ष दिवाकर घिमिरेले स्टेसनरी ब्यवसायिहरु समिक्षा गर्न जरुरी रहेको भन्दै जिल्ला, प्रदेश र संघ बिच समन्वय हुन जरुरी रहेकाे बताउनुभयो ।

त्यस्तै पुस्तक तथा स्टेशनरी ब्यबसायी समिती लुम्बिनी प्रदेश अध्यक्ष भैरब बहादुर रावतले सरकारले खुद्रा ब्यबसायीलाई अपहेलित गर्दै आएको भन्दै गुनासो गर्नुभयाे ।
उहाले राज्यले पुस्तक तथा स्टेशनरी ब्यबसायीलाई पनि अन्य ब्यबसायी सरह प्राथमिकतामा राखेर नीति निर्माण गरिदिए पलायन हुन बाट बच्न सकिने बताउनुभयाे ।

कार्यक्रममा प्याबसन दाङका अध्यक्ष मधुसूदन केसी, एन प्याबसनका प्रबक्ता हरिप्रसाद भण्डारी,जनक शिक्षा सामाग्री केन्द्रका प्रसासन प्रमुख रबिन्द्र शर्मा ,चेम्बर अफ कमर्श तुलसीपुर काेषाध्यक्ष सन्तोष खडका,तुलसीपुर उधोग बाणिज्य सघका सह-काेषाध्यक्ष बिमल गौतम,पुस्तक तथा स्टेशनरी समिति दाङका सस्थापक सचिब मधुसूदन बैध,पुस्तक तथा स्टेशनरी समिती सल्यान शाखा अध्यक्ष डम्बर केसी लगाएतले पुस्तक तथा स्टेशनरीको व्यवसायलाई ब्यवसायमुखि बनाउन नेतृत्व पंक्ति सक्षम बलियो हुनुपर्ने भन्दै सक्रिय रुपमा अघि बढ्नुपर्ने बताएका थिय ।

समितिका बरिस्ठ उपाध्यक्ष केशवराज सुबेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब प्रेम प्रकाश डिसिले गर्नुभएकाे थियोे ।
साथै त्यस अबसरमा समितिका पुराना ब्यबसायीलाई सम्मान समेत गरिएको थियो ।

समितिका अध्यक्ष शंकर शर्माको अध्यक्षता एवं नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका अध्यक्ष नबनीधि पन्तको प्रमुख आतिथ्यतामा साधारणसभा तथा अधिवेशनको उद्घाटन गरिएको हो ।

यसैबीच ,समितिको शनिबार तुलसीपुरमा भएको १२ औं अधिवेशनले केशवराज सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष आचार्य, उपाध्यक्षमा तीर्थ बहादुर डाँगी र कमल बहादुर खड्का, सचिवमा प्रेम प्रकाश डिसी, कोषाध्यक्षमा ताराप्रसाद चुडाली, सहसचिवमा अनिल पौडेल चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा रमेश शर्मा, ढुण्डीराज वली, गंगामणी डाँगी, डिल्लीराज रिजाल, सुवणर्मान चौधरी, मालता केसी, बिष्णु बहादुर अधिकारी, मानबहादुर वली र सुशील खनाल चयन हुनुभएको छ ।

यस्तै लेखा समिति संयोजकमा गणेश कुमार न्यूरे, सदस्यमा दिलिप खड्का, देवीराम पोखरेल चयन हुनुभएको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्