रामपुरमा निःशुल्क स्वास्थ्य शिवीर, ९५ जनाले स्वास्थ्य सेवा लिए



दंगीशरण गाउँपालिका वडा न. १ रामपुरमा निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको स्कृनीङ् तथा ब्यवस्थापन सम्बन्धि महिला प्रजनन स्वास्थ्य शिवीर सम्पन्न भएको हो ।

आधारभुत स्वास्थ्य केन्द्र रामपुरमा भएको शिवीरमा ९४ जनाले स्वास्थ्य सेवा लिएकोमा ४ जनामा क्यानसरको लक्षण देखा परेको स्वास्थ्य शाखा प्रमुख प्रदिप योगिले जानकारी दिनुभयो । ग्रामिण भेगका महिलाहरुलाई टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँमै स्वास्थय पहुँच पुर्याउँने उद्धेश्यले शिवीरको आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ । वडा नम्बर १ का वडाअध्यक्ष रमेश भण्डारीको अध्यषतामा भएको स्वास्थ्य शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्नुभएको थियो ।

यसैबिच यहि जेठ २४ र २५ गते हेकुली स्वास्थ्य चौकि र २८ र २९ गते श्रीगाउँ प्राथमिक स्वास्थय केन्द्र बागरमा शिवीर संचालन हुने शाखा प्रमुख योगीले जानकारी दिनुभयो । शिविरमा अन्य सामान्य किसिमका औषधीहरुसमेत उपलब्ध गराइने जनाईएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्