
प्राज्ञिक बिधार्थी परिषद्ले बुधबार घोराहीमा आयोजना गरेको “मेरो देश-मेरो जिम्मेवारी” शिर्षकको वक्तृत्वकला प्रतियोगितामा घोराही-१६, सर्रास्थित ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्यनरत छात्रा अदिति केसी प्रथम भएकी छिन् ।
३४ जना सहभागीसंग प्रतिस्पर्धा गर्दै केसी प्रथम स्थान हांशिल गर्न सफल भएकी हुन् । प्रतियोगितामा मनकामना अंग्रेजी माविमा कक्षा ९ मा अध्ययनरत छात्रा सविना तामाङ दोस्रो र दिपशिखा आवासीय माविमा कक्षा १० मा अध्ययनरत छात्रा तेजस्वी डांगी तेस्रो भएका छन् ।
यसैगरी राजविधा पाठशालामा कक्षा ९ मा अध्ययनरत अर्नभ चौवे र जयशेर माविमा कक्षा १० मा अध्ययनरत उर्मिला बुढा मगर सान्त्वना भएका छन् ।
प्राज्ञिक बिधार्थी परिषद्का घोराही नगर सचिव अर्यान क्षेत्रीको अध्यक्षता र दाङ भ्याली कलेज घोराहीका प्रमुख बिष्णु प्रसाद बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन खगेन्द्र चौलागाईले गरेका थिए ।

