सल्यानमा  दुई नाबालिका मृत अवस्थामा फेला



सल्यानमा  दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । बनगाड कुपिण्डे नगरपालिका–११ गलगौलमा घरमै ३ वर्षीय र ६ वर्षीय नाबालिका मृत भेटिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

बुवा टेकमान राना र आमा पुर्णिमा रानाकी अन्दाजी साढे ३ बर्षकि करिस्मा राना र ६ महिनाकि राकबी राना घरमै मृत भेटिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख केशर कुमार न्यौपानेलेबताउनुभयो । उहाँका अनुसार उनीहरु आज करिब दिउँसो २ बजे फेला  परेको हुन ।
कुनै पनि स्वास्थ्य समस्या नभएका दुई बहिनी मृत अवस्थामा भेटिएकाले घटना शंकास्पद रहेको उहाले बताउनु भयो ।

बालिकाका बाबु टेकमान रोजगारीका सिलसिलामा जिल्लाबाहिर रहेका छन् । आमा पूर्णिमालाई सोधपुछ गर्दा केही नबोलेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।

घरमा तीन आमाछोरी मात्रै बस्दै आएका थिए । घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको र घटनास्थल पुगेको प्रहरी टोली अनुसन्धानमा जुटेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्