झुलेनी सेवा समाज नेपाल दाङले न्यानो कपडा वितरण गरेको छ । सेवा समाजले तुलसीपुर उपमहानगरपालिका वडा नं १२ टरिगैंमा रहेको जनमुखी प्राविमा अध्ययनरत बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरेको हो । बुधबार झुलेनी समाजले एक कार्यक्रमका बिच शिशु कक्षा देखि कक्षा ४ सम्म अध्ययनरत ८१ जना बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराएको हो । चिसोका कारण बालबालिकाहरुको पढाइ प्रभावित भएको भन्दै समाजले उनीहरुलाई कपडा उपलब्ध गराएको हो ।
कार्यक्रममा सहभागी सरोकारवालाले सरकारले उक्त विद्यालयप्रती नजरअन्दाज गरेको भन्दै गुनासो गरे। उनिहरुले विद्यालयको भौतिक र शैक्षिक अवस्था दयनीय बन्दै जांदापनी सरकारले कुनै चासो नदेखाएको बताए।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बालबालिकाको शैक्षिक प्रगतिमा अभिभावक र शिक्षकको भुमिका सबैभन्दा बढी रहने बताउनुभयो। बिद्यालयलाई स्थानीय सरकारले नजर अन्दाज नगरेको भन्दै गतवर्षको तुलनामा यसवर्ष बिद्यार्थिको संख्या बढेको बताउदै विद्यालयको अवस्था सुधारका लागि हरेक निकायले चासो लिन र जिम्मेवारी बहन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।श्रोतसाधन हुदाहुदैपनी सरकारी विद्यालयहरु खस्केको भन्दै उनले यसतर्फ अभिभावक र शिक्षकहरु थप जिम्मेवार बन्न उहाँले आग्रह गर्नुभयो।
जबसम्म विद्यार्थी,अभिभावक र शिक्षक जिम्मेवार बन्न सक्दैनन तवसम्म सरकारी विद्यालयहरुको अवस्थामा सुधार नहुने बताउँनुभयो। विद्यार्थी संख्याका आधारमा नभइ बिद्यार्थीहरुको आवश्यकता आधारमा शैक्षिक गतिविधि संचालन गर्न जरुरी रहेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष खुशीराम चौधरीले अभिभावक र शिक्षकले थप जिम्मेवार बोध गर्न सकुन भन्ने उदेश्यले यो कार्यक्रम गरिएको बताउँनुभयो। धेरै समस्याहरुबाट गुज्रिएको विद्यालयको भौतिक र शैक्षिक अवस्था सुधारको विषय चिन्ताको विषय भएको भन्दै उहाले आगामी नगर सभामा बिद्यालयको लागि बजेट बिनियोजनको प्रस्ताव लिएर जाने प्रतिवद्दता व्यक्त गर्नुभयो।
कक्षा ४ मा अध्ययनरत कबिता नेपाली र डम्बर बिकले गाएको राष्ट्रिय गितबाट कार्यक्रमको उद्घाटन गरिएको थियो ।
विषयबस्तुमाथी प्रकाश पार्दै समाजका उपाध्यक्ष शुरज भण्डारीले समाजमा केही गरौं भन्ने उदेश्यले संस्था स्थापना भएको बताएम संस्थाले निरन्तर सामाजिक सेवामा लागिरहेको बताउनुभयो। विद्यालयमा अध्य्यनरत बालबालिकाहरु चिसोका कारण प्रभावित भएको भन्दै संस्थाले न्यानो कपडा वितरण गरेको उहाको भनाइ थियो । देशको ब्यबस्था परिवर्तन भएपनी विद्यालयको अवस्था अझै दयनीय बन्दै गएकोप्रती उनले चिन्ता व्यक्त गर्नुभयो। संरचनाहरु प्रतिदिन जिर्ण बन्दै गएकाले विद्यालयको अवस्था परिवर्तन गराउन सबैले सहयोग र हातेमालो गर्न अनुरोध गर्नुभयो ।
यस्तै समाजका शिक्षा विभाग उपसमितिका संयोजक बिष्णुप्रसाद भण्डारीले विद्यार्थिहरुको पढाइमा सहयोग पुगोस भन्ने उदेश्यले सक्दो सहयोग गरिएको उहाले बताउनुभयो ।
संस्थाका अध्यक्ष गोबिन्दराज भण्डारीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रम विद्यालय व्यबस्थापन समितीकाअध्यक्ष बिसर्जन राहुमगर , बिद्यालयका प्रधानाध्यापक लिलाधर खड्का , झुलेनी सेवा समाज नेपालका जिल्ला अध्यक्ष,केन्द्रीय सदस्य, अभिभावक अगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण सह(सचिव नारायण भण्डारीले गर्नुभएको थियो ।