समृद्ध समाज दंगीशरणका नागरीकलाई समृद्ध बनाउँने अभियानमा



No description available.

दंगीशरण गाउाँपालिकाका सात वटै वडाहरुका सीमान्तकृत तथा विपन्न वर्गका नागरीकहरुलाई घुम्तीकोष वितरण गरिएको छ । शुक्रवार एक कार्यक्रमका विच सामुदायीक समूहका दश जना सदस्यहरुलाई आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले ब्यवसाय संचालनका लागि उक्त घुम्तीकोष वितरण गरिएको हो । जसअन्र्तगत वडा न. १ कि साधना डांगीलाई कुटाउँने पिसाउँने मिल,वडा न. २ कि आस्मानी खत्री तरकारी खेती, वडा न. ३ कि शानता चौधरीलाई बाख्रापालन, वडा न. ४ कि शिला चौधरी वंगुर पालन, वडा न. ५ कि पार्वती वली बाख्रा पालन, वडा न. ६ का लीलाधर खड्का खसी बोका खरीद विक्री, वडा न. ७ कि अंगने चौधरी बाख्रा पालन र सोहि वडाका जुगलाल चौधरीलाई बंगुर खोर निर्माणका लागि २५ हजारका दरले घुम्तीकोष वितरण गरीएको हो ।

No description available.

लघुउधम सम्बन्धि बार्षिक कार्य योजना तयार गरेको सात वटै वडाका दश जना किसानहरुलाई उक्त घुम्तीकोष वितरण गरेको सहकर्मी समाज नेपालका सस्ंथागत विकास अधिकृत पुनाराम पन्थीले जानकारी दिनुभयो । समृद्ध समाजले दंगीशरणमा निम्न वर्गका नागरीकहरुको जिवन स्तर माथी उठाउँनका लागि यी यस्ता सामाजिक कार्यहरु विगत पाँच बर्ष अघिदेखी गर्दै आएको छ । समृद्ध समाज दंगीशरणका नागरीकलाई समृद्ध बनाउँने अभियानमा लागि परेको र यसलाई दिगो बनाउँनका लागि स्थानीय सरकारसंग समन्वय गर्दै अगाडि बढ्ने अधिकृत पनथीले बताउँनुभयो । विकाश कोष नर्वेको आर्थीक सहयोग, सहकर्मी समाज नेपालको सहजीकरण तथा समृद्ध समाज दाङको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । समृद्ध समाज दंगीशरणका अध्यक्ष दिल कुमारी वि.क.को अधयक्षता एंव गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको शहजीकरण सहकर्मी समाजका राजकुमारी चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्