
राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन आज सम्पन्न भएको छ।
सभाले आ.व. २०८१/०८२ को प्रगति समीक्षा, आ.व. २०८२/०८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ। सोसँगै गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरी नयाँ आर्थिक वर्षका लागि लक्ष्य र बजेट निर्धारण गरिएको छ। त्यस्तै लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पनि सभाले सर्वसम्मत पारित गरेको छ।
साधारणसभासँगै सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गरिएको छ। नवगठित सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र घर्ती, उपाध्यक्षमा सीता डाँगी, सचिवमा इन्द्रा कुमारी घर्ती, कोषाध्यक्षमा नोखिराम कामी र सदस्यहरूमा ऐशोदा शर्मा, कलबहादुर सार्की तथा कमला कुसारी निर्वाचित भएका छन्।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शालिकराम पुन, सदस्यहरूमा बलबहादुर रोकाया र लुमा चौधरी चयन भएका छन्।
कार्यक्रममा नयाँ निर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो।
संस्थाले साधारणसभा भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण शेयर सदस्य, प्रशिक्षक, सल्लाहकार र निर्वाचन उपसमितिलाई आभार व्यक्त गरेको छ।
संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा सम्पन्न सभामा दंगीशरण गाउँपालिका–२ का वडा अध्यक्ष डम्बर खत्री, जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतम, दंगीशरण गाउँपालिका सहकारी इकाइ प्रमुख यादवबहादुर डाँगी, संस्थाका कानुनी सल्लाहकार भागिराम चौधरीलगायतको उपस्थिति रहेको थियो।

