सामुदायिक व्यवसाय सहजकर्ताका लागि क्षमता अभिबृद्धि अभिमुखीकरण



No description available.

पार्वती बस्नेत

सामुदायिक व्यवसाय सहजकर्ताहरुका लागि समिक्षात्मक क्षमता अभिबृद्धि अभिमुखीकरण कार्यक्रम आज घोराहिमा सम्पन्न भएको छ । दागं जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाँउपालिका, राप्ती गाँउपालिका र लमही नगरपालिकामा संञ्चालन भईरहेको यस रिप्लान्ट परियोजना बाट उद्यमी बन्दै गरेका सामुदायिक ब्यवसाय सहजकर्ताहरुका लागि समिक्षात्मक क्षमता अभिबृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । ग्रामीण महिला उत्थान केन्द्र दागंको आयोजनामा युसएआईडी को आर्थिक सहयोग र आईडि नेपाल को प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र दागंको साझेदारीमा कार्यक्रम संचालन भएको हो ।

कार्यक्रमममा बाली कटानी पश्चात हुने क्षती न्युनिकरण गर्न र बिउ बिजन सुरक्षित भण्डारणका लागि पिक्स ब्याग, बालि बिमा र बित्तिय साक्षरता, कृषि प्रर्दशनी लगायतका प्रयोगात्मक कार्यक्रमहरु हुदै आएका छन् । कार्यक्रममा आजसम्म भएका प्रगती, उपलब्धी र गर्नुपर्ने कामहरुका बारेमा कार्यक्रम अधिकृत संगीत अधिकारीले जानकारी गराउनुभएको थियो । परियोजना मार्फत समुदायका ९ हजार किसानहरुले बाली कटानी पश्चात हुने क्षति न्युनिकरणका लागि नयाँ प्रबिधिको प्रयोग गर्नेछन् भन्ने उद्देष्य अनुरुप सामुदायिक ब्यवसाय सहजकर्ताहरुले समुदायमा पुगेर किसानहरुलाई पिक्स ब्यागको महत्व, फाईदा लगायतको बारेमा जानकारी गराउदै आएका छन् ।

यसरी समुदायमा पुगेर काम गर्ने सामुदायिक ब्यवसाय सहजकर्ताहरु मध्ये २ हजार बढी किसानहरुलाई नयाँ प्रबिधिको प्रयोग गर्न सिकाएकोमा उत्कृष्ट सि.बि.एफ.को रुपमा पुरस्कृत गरिएको छ । संस्थाका अध्यक्ष आसमानी चौधरी र आइ.डि.ई. नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका फिल्ड कार्यक्रम व्यवस्थापक कल्पना धितालले ३० हजार रकमको श्यामसुगं ग्यालेक्सी मोबाईल पुरस्कार स्वरुप हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रम संयोजक हित बहादुर थापाको स्वागत मन्तब्य बाट शुरु भई कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता अर्बिन चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्