रोटरी क्लब अफ तुलसीपुर सिटीको र रोट ट्रयाक क्लब अफ तुलसीपुरको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । रोटरी क्लब अफ तुलसीपुरको अध्यक्षमा सन २०२४ र २५ का लागि युवा ब्यबसायि बिनिल केसी अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
यसअघिका रोटरी क्लव अफ तुलसीपुरका सिटिका अध्यक्ष तुलसीपुर उपमहनगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बिनिलि केसीलाई पदहस्तान्तरण गर्नुभएको थियो । पदहस्तान्तरण कार्यक्रमहरुका प्रमुख अतिथि रोटरि डिष्ट्रिक ३२९२का असिस्टेन गभर्नर थानेश्वर आचार्यले समाज सेवामा थप सक्रियताका साथ लाग्न पर्ने बताउँनुभयो। उहाँले सामाजीक कामलाई बढवा दिई संस्थालाई बलीयो बनाउँनुपर्ने भन्दै आफनो जिम्मेवारबाट पछि नहट्न आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथि रोटरीयन बिमल रिजालले सामाजिक क्षेत्रमा क्रियाशिल क्लबहरु मार्फत समाज परिवर्तन र समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउँनुभयो ।
कार्यक्रमलाई रोटरीयन तथा तुलसीपुर उपमहानगरपालिकाका बरिष्ठ बित्तीय अधिकृत ललितबहादुर घर्तीले आँफुलाई समर्पित गरेर समाज सेवामा लाग्न नयाँ अध्यक्षहरुलाई आग्रह गरेका थिए । त्यसक्रममा रोटरी क्बल अफ लमहीका अध्यक्ष केशब घिमिरे, राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरे लगाएतले शुभकामना दिएका थिए ।
यसैबिच रोट्र्याक्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा सन् २०२४ र २५ का लागि किरण पुन सर्वसम्मत रुपमा चयन हुनुभएको छ।
रोटरीको पदहस्तान्तरणका कार्यक्रमको शहजकिरण महा सचिव सन्दिप भुषाल र सचिव दिपेश भण्डारीले गर्नुभएको थियो।