नेपाली काँग्रेसका संघिय सांसद डा. सुनिल शर्माले नेपालमा रहेका मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुग्न लागेको दावी गर्नुभएको छ । सरकारको स्पष्ट नीति नहुँदा देशभरका मेडिकल कलेज बन्द हुने अवस्थामा पुग्न लागेको दावी गर्नुभयो । उहाले बार्षिक रुपमा ३० हजार बढी विद्यार्थीहरु डाक्टर पढनका लागि विदेश जाने गरेको बताउँनुभयो ।
रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै उहाँले यस्तो बताउँनुभएको हो । “सबै कलेजको शेयर विक्री भई सकेको छ, सञ्चालकहरुले पनि ९० प्रतिसत कलेज किनवेच गरि सकेका छन् जिम्मेवार पदमा बसेका नेताको व्यक्ति गत स्वार्थ निहितका कारण शिक्षा र स्वास्थ्य क्षेत्र तहस नहस भएको छ । ” उँहाले भन्नुभयो ।
यस्तै उहाले दाङको चारलेन सडक को अवस्था नाजुक बन्दा समेत यहाँका नेताहरु चुप लागेर बस्नु लाजमर्दो कुरा भएको तर्क गर्दै उहाँले पहुँचको भरमा भन्दा पनि आवश्कोयक्ताको सिद्धान्तको हिसावले बजेट बाडफाट गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो “कर उठाउँने काम मुलुक भरी लागु गर्ने, आफनो ठाउँ जिल्लामा चाहेभन्दा बढि बजेट दिने यो राज्यसत्ता दुरुपयोग भएको हो । ”
सत्तामा रहेका नेताहरुले आफ्नो क्षेत्रमा मात्र बजेट विनीयोज गर्ने गरेको प्रती आपत्ती जनाउँदै अव दुरदराजका जनताले बाच्ँन पाउँने अधिकार पाउँनु पर्छ भन्ने अभियानमा आफु लागेको भन्दै यस अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउँनुभयो । सरकारले जनताको शिक्षा र स्वास्थ्यमा विशेष चासो दिनुपर्छ भन्दै नागरीकहरुको जिवनशैली फेरीनुपर्ने भन्दै जिवनस्तर परिवर्तन हुने काम गर्नु सरकारलाई सुझाव दिनुभयो ।
रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।