दाङमा बार्षिक ६ हजार प्वाइन्ट बढि रगत खपत




विमल याेगी

दाङमा बार्षिक ६ हजार सात सय बढि प्वाइन्ट रगत खपत हुने गरेकाे छ । नेपाल रेडक्रस साेसाइटी दाङ शाखाले आज ६३ ओैं रेडक्रस स्थापना दिवसका अवसरमा तुल्सिपुरमा आयाेजना गरेकाे उप शाखाकाे क्षमता अभिबृद्धि कार्यशालामा रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्याैपानेले यस्तो जानकारी दिनुभएको हाे ।

आर्थिक बर्ष २०८१/०८२ मा ६ हजार दुइ सय ९३ पिन्ट रगत संकलन भएकाे र ६ हजार सात सय ९० प्वाईन्ट रगत खपत भएको उहाले जानकारी दिनुभयाे ।

जिल्लामा घाेराही,तुल्सिपुर र लमहीमा व्लड बैंक स्थापना गरी रगत संकलनकाे काम भैरहेकाे भन्दै न्याैपानेले रगतकाे अभाव हुन नदिनका लागि भूमिका खेल्न रेडक्रस उपशाखाहरूलाई अनुराेध गर्नुभयाे ।

जिल्ला सभापति मदन गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागी उपशाखाका अध्यक्ष र सचिव लगायतका पदाधिकारीले एक बर्षमा गर्ने कामकाे कार्ययाेजना समेत तयार पारेका छन् ।

जिल्लाका १६ शाखा मध्य १५ शाखाकाे सहभागीता रहेकाे कार्यशालामा रक्तदाताकाे पहिचान,उत्प्रेणा,रक्तदान,आर्थिक श्राेत खाेजि र परिचालन,जुनियर रेडक्रस सर्कल गठन तथा पूनर्गठन लगायतका क्रियाकलाप समेटिएकाे एक बर्षे कार्ययाेजना बनाएका हुन् ।

साे अवसरमा रेडक्रस जिल्ला शाखाका काेषाध्यक्ष कुसल तर्तालले रेडक्रसका लागि श्राेत पहिचान र परिचालन, उपमन्त्रि विमल केसीले तनाव व्यवस्थापन,सफल उद्घाेषणका विषयमा,जिल्ला सदस्य शुष्मा भण्डारीले प्राथमिक उपचारकाे परिचय,महत्त्व र रेडक्रसकर्मिले खेल्न सक्ने भूमिका,रेडक्रस जिल्ला शाखाका कार्यालय प्रमुख विश्राम अधिकारीले जुनियर र युवा रेडक्रस सर्कलका वारेमा प्रशिक्षण दिनुभएको थियाे ।

जिल्ला उपसभापति हरिहर पाैडेलकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमकाे सञ्चालन मन्त्री प्रकाश श्रीवन्दले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्