गुणस्तरीय शिक्षाको विकासका लागि विश्वविद्यालयहरुबिच समन्वय हुने ः प्रधानमन्त्री प्रचण्ड



No description available.

नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्धनका लागि विश्वविद्यालयहरुबिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिने बताउनुभएको छ । दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालयको पाचौं दिक्षान्त समारोहलाई आज बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरुको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्क्रमलाई समय सापेक्ष बनाउने कुरालाई सरकारले निती तथा कार्यक्रममा समेटेको बताउँनुभयो ।

प्रधानमन्त्री प्रचण्डले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरु र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संस्कृत विश्वविद्यालय देशका अन्य विश्वविद्यालय भन्दा पृथक पहिचान बोकेको शैक्षिक संस्था भएको बताउँदै पूर्विय वाङ्मयको संरक्षण र संवद्र्धन गर्नुका साथै नेपालीपनको जगेर्ना गर्नु यसको मुख्य दायित्व एवम् कर्तव्य भएको बताउनुभयो । नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै पौरस्त्य मूल्यमान्यता, संस्कार, संस्कृति र आदर्शको सम्र्बद्धन एवम् विकासमा यस विद्यालयले दिएको योगदान अत्यन्तै प्रशंसनीय भएको जिकिर गर्नुभयो ।

दिक्षीत भएका छात्रछात्रालाई शुभकामना दिदै प्रधान्मन्त्री प्रचण्डले राजनितिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालयका कार्ययोजनाहरुलाई सघाउन सदैव तयार रहने बताउँनुभयो ।

शैक्षिक शत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७ सय ७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जना दीक्षार्थी दीक्षित भएका छन् । सो अवसरमा समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गरिएको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्