प्रेस युनियन महाधिवेशन बाट दाङका ११ जना पत्रकार विजयी

३ जना पदाधिकारी ८ जना सदस्य


प्रेस युनियनमा ३ पदाधिकारीसहित ११ जना दाङका पत्रकार विजयी

नेपाल प्रेस युनियनको साउन ६ र ७ गते मकवानपुरको हेटौडामा भएको महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा दाङका ११ जना पत्रकारहरु विजयी भएका छन् । नेपाली कांग्रेसको सु–इच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवशनबाट दाङका ३ जना पदाधिकारीमा र ८ जना सदस्य पदमा विजयी भएका हुन ।

उपमहासचिवमा सुलोचना गौतम, सचिवमा भुवन शर्मा र कोषाध्यक्षमा माधव धिताल विजयी भएका छन । यस्तै सदस्यहरुमा मुक्तीबाबु रेग्मी, बसन्त योगी, चेतन रेग्मी, लोकराज अधिकारी, नारायणी रजौरे, आत्मा गुरागाई, लक्ष्मीमान चौधरी र अञ्जना चौधरी विजयी भएको नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । यो सँगै नेपाल प्रेस युनियन केन्द्रिय समितिमा दाङले बाक्लो उपस्थिति जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्