दङ्गिशरण ७ मा याेगहल भवनकाे सिलान्यास



दाङको दंगीशरण गाउँपालिका ७ को बुटनियामा योगहल भवनको सिलन्यास गरीएको छ ।  आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष शम्भु गिरीले विधिवत रुपमा सिलन्यास गर्नुभएको हो ।दंगीशरण गाउँपालिकाबाट विनियोजन भएको १० लाख रुपैयाँ लागतमा याेगहल भवन  निर्माण हुन लागेको हाे ।

भवन सिलन्यास गर्दै अध्यक्ष गिरीले शारिरीक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताउनुभयो । पछिल्लो समय मानसिक रोगीको संख्यामा वृद्धि हुदै गएको प्रती दुख व्यक्त गर्दै उहाँले मानसिक स्वास्थ्यलाइ स्वस्थ राख्न योगमा जोडिन आवश्यक रहेको बताउनुभयो । अहिले सिलन्यास गरेको योगहल योगका लागी मात्र नभइ दंगीशरण ७ मा हुने हरेक सार्वजनिक कार्यक्रममा समेत उपयोग गर्न सकिने उहाँको भनाई छ ।

साे अवसरमा पतन्जलि योग समिती दाङका सह प्रभारी बिनोद चौधरीले पनि योगको फाइदा र यसको महत्त्वबारे प्रस्ट पार्नु भएको थियो ।।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्