वित्तीय साक्षरता तालीमले आत्मनिर्भर हुन सिकायो

प्लाष्टिकलाई विस्थापित गर्न नितीगत रुपमा अगाडि बढेका छौँ ः मेयर टिकाराम खड्का


No description available.

तुलसीपुर वन उधमी सहकारी सस्ंथाका सदस्य आत्मराम धिताल वित्तीय साक्षरता तालीमबाट आत्मनिर्भर हुन सिकाएको बताउँनुभयो । बचत भन्दा पनि खर्च धेरै गर्ने बानीले हामी पछि रहेछौँ । “हामीसंग पैसा छ तर बचत छैन, सिप छ सिपलाई परिमार्जन गर्ने ज्ञान छैन , त्यसैले हाम्रो आर्थीक स्तर उठ्न सकेको छैन । वित्तीय साक्षरता तालीमले जिवन चलाउँन सिकायो । आत्मनिर्भर हुन सिकायो ।”आत्मराम अनुभव सुनाउनुभयो ।
दुना टपरी उधौग शान्तीनगरकि सन्तोषी चौधरी ग्रीन फाउण्डेसनले आयोजना गर्ने हरेक कार्यक्रममा सहभागि जनाउँनुहुन्छ । उहाँले जागीर खान्छु र पैसा कमाउँछु भन्ने सोच हटिसकेको बताउँनुहुन्छ । दुना टपरी उधौग संचालन गरेको दुई वर्ष भयो । सोचे जस्तो आर्थीक रुपमा फस्टाउँन नसकेको उहाँको अनुभव छ । “हामीले उधौग संचालन त ग¥यो तर परिमार्जन गर्न जानेका छैनौँ सोचेअनुरुप पैसा कमाउँन सकेका छैनौँ ।” सन्तोषिले भन्नुभयो । “अव स्थानीय सरकारले प्लाष्टिकका प्लेट बिक्रि वितरण गर्न रोक लगाउँनुपर्छ अनी मात्र हाम्रो ब्यवसाय फस्टाउँछ ।”
सुर्यौदय ढकिया समुहकि सचिव उर्मीला चौधरी वित्तीय साक्षरता तालीम लिएपछि जिवन वदल्ने सपना देख्नुभयो । “पैसाको महत्व अहिले बुझे । एक, दुई रुपैँया बचत गर्दा हजार हुदोरहेछ । अहिले सम्म नबद्लीएको बानी अव बदल्ने प्रयास गर्छु । घरको आर्थीक स्थिती आफनै कारणले कमजोर हुने रहेछ । हामी हाम्रो जिवन बदल्न आफैँ बाट सुरुवात गर्नुपर्छ भन्ने कुरा सिके । अव ढकिया बनाउँनका लागि अझ समय दिन्छु र बिक्री गर्नका लागि बजार खोज्छु ।” उर्मीलाले भन्नुभयो ।
कृषि वन उधमी सहकारीकि सदस्य गिता वि.क.लाई वित्तीय साक्षरता तालीम बाट खर्च कम र बचत धेरै गर्न मात्र सिकाएन । गरेपछि जताततै बाट सम्भावना धेरै छ भन्ने कुरा सिकायो । “बचत र सिप मात्र नभएर मनोपरामर्शका कुरा पनि सिक्न पाए । महिलामाथि हुने हिंसा, घरेलु हिंसा हुनुहुदैन । सामाजीक काममा पनि आफु सक्रिय हुनुपर्छ भनेर आत्मबल बढेको छ ।” गिताले अनुभव सनाउँनुभयो ।
सुर्योदय ढकिया समुहकि शर्मा चौधरी हस्तकला सामग्री ढकिया बनाई बिक्री गरेर सोचे अनुरुप नै पैसा कमाउँन सफल हुनुभएको छ । शर्मा अहिले जागरुक भएपछि धेरै कुरा फेरीएको छ । वित्तीय साक्षरता तालीम लिएपछि शर्मालाई फजुल खर्च नगरी अझै भवीस्यका लागि बचत गर्नुपर्छ भन्ने कुरा सिकाएको छ ।
ग्रीन फाउण्डेसनले तुलसीपुरमा आयोजना गरेको वित्तीय साक्षरता तालीममा सहभागिहरुले आ–आफनो अनुभव सुनाए । वित्तीय साक्षरता तालीमले जिवन परिवर्तन गर्न धेरै सिकाएको सहभागिहरुले बताए । तीन दिन सम्म संचालन भएको तालीममा कृषि तथा वन उधम समुह,दुना टपरी उधौग समुह, ढकिया समुह, सहकारी समुहका महिला पुरुष गरि ३० जनाको सहभागिता रहेको थियो । तालीमको प्रशिक्षकमा वित्तीय साक्षरता सहजकर्ता दोलख खत्री  जया पाण्डे, बासुदेव अधिकारी र बाबुराम न्याेपाने रहेका थिए ।
स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्दै कृषकहरुलाई उधमी बनाउँन सफल भएको ग्रिन फाउण्डेसनले सफल उधमी बन्नका लागि उत्प्रेरणा होस् भन्ने उद्धेश्यले तालीममा आम्दानी बचत कसरी गर्ने ? कारोवारलाई चुस्त दुरुस्त कसरी राख्ने, निराकरण गरि आर्थीक आय आर्जनमा कसरी पारदर्शी तरीकाले गर्ने, समाज रुपान्तरण कसरी गर्ने लगाएतका विषयमा प्रशिक्षण दिईएको थियो ।

No description available.

प्लाष्टिकलाई विस्थापित गर्न नितीगत रुपमा अगाडि बढेका छौँ ः मेयर टिकाराम खड्का

तुलसीपुर उपमहानगरपालीकाका मेयर तथा तालीम समापन कार्यक्रममा प्रमुख अतीथी टिकाराम खड्काले स्थानीय वस्तुको प्रबद्र्धन गर्न ब्यवसायीक तरीकाले अगाडि बढाउँन आफु नितीगत तरीकाले अगाडि बढेको बताउँनुभएको छ । तालीम समापन कार्यक्रममा बोल्दै मेयर खड्काले यहाँका लोकल उधमीलाई ब्यवसायीक बनाउँनका लागि तुलसीपुर उपमहानगर भित्र प्लाष्टिकजन्य वस्तुलाई बिक्री वितरण गर्न नदिनका लागि सुरुमा तिहारको समयमा प्लाष्टिकका फुल विक्री गर्न नदिई युवा विधार्थीले उत्पादन गरेका फुल खेतीलाई बजारीकरण गर्न प्रोत्साहन गरेको बताउँनुभयो । ब्यवसाय गरेकाहरु पलाएन हुने विदेशिने क्रमलाई रोख्न कृषिजन्य स्थानीय बस्तुलाई प्राथमिक्ता दिनुपर्ने उहाँको भनाई थियो ।

No description available.

सो अवसरमा ग्रीन फाउण्डेसनका सचिव शुरेस रावतले नितीगत रुपमा प्लाष्टिकका प्लेट विक्री वितरण गर्न रोक लगाएमा उधमीले बनाएका डेढ लाख दुना टपरी खपत हुने बताउँनुभयो । बजारमा प्लाष्टिकका झोला दैनीक एक लाख विक्री हुने गरेको यसलाई रोक्दा दुई लाख बराबरका बिभीन्न कच्चा पदार्थबाट निर्माण झोला बिक्री हुन सक्ने सम्भावना रहेको बताउँनुभयो । दिगो र सफल उधम बन्न आफनै जमीनमा उत्पादित वस्तु उपभोग गर्नुपर्ने कुरामा उँहाले जोड दिनुभयो ।
ग्रीन फाउण्डेसनका सचिव शुरेस रावतको अध्यक्षतामा भएको तालीम समापन कार्यक्रमको शहजीकरण फाउण्डेसनका कोषाध्यक्ष खुम प्रशाद भण्डारीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्