
दाङको घोराही उपमहानगरपालिका–३, भानपुरमा करिब ४ अर्बको लागतमा निर्माण भएको ३ सय बेडको सञ्जीवनी शिक्षण अस्पताल सोमबार उद्घाटन गरिएको छ।
पाँच सय बेडको अनुमति भएपनि प्रारम्भमा तीन सय बेड सञ्चालन हुने अस्पतालले असोज अन्तिम सातादेखि सेवा दिन सुरु गर्ने जनाएको छ।
अस्पतालमा मुटुरोग, मस्तिष्क, छाती, मिर्गौला, पाचन प्रणालीलगायतका ९ वटा विशेषज्ञ सेवा उपलब्ध हुने सिइओ दीपक रोकाले जानकारी दिनुभयाे। उहाका अनुसार आवश्यक स्वीकृतिपत्र प्रक्रिया पूरा भएपछि अस्पतालले सेवा विस्तार गर्नेछ।
उद्घाटन समारोहसँगै आयोजना गरिएको स्वास्थ्य शिविरमा ९५७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।
प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार

