घोराहीमा सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जना चालकको मृत्यु भएको भएको छ ।
टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–४ निवासी ३० बर्षीय नारायण शर्माको मृत्यु भएको हो । शर्मा रा १ क १२९५ नम्बरको टिप्पर चालक हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगभित्र रा १ क १२७८ नम्वरको टिप्परले मंगलबार बेलुकी शर्मालाई ठक्कर दिएको थियो ।
उपचारका क्रममा घाइतेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको डिएसपी मल्लले जानकारी दिनुभयाे ।
ठक्कर दिने टिप्पर चालक ३० बर्षीय बसन्त जिएमलाई प्रहरीले नियन्तत्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
सिमेन्ट उद्योगभित्रको पेट्राेल पम्पबाट तेल भरी टिप्पर मोड्ने क्रममा जिएमले चलाएको टिप्परले शर्मालाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
चालकले लापरवाही गरेको भन्दै दोषीलाई कारवाही र उचित क्षतिपुर्तीको माग गर्दै मृतकका आफन्तले सिमेन्ट उद्योगको गेटमा नारावाजी गरिरहेका छन् ।