ग्रामीण महिला उत्थान केन्द्र दाङले एक कार्यक्रमका बिच श्री बालबिकास माध्यामिक बिद्यालय घोराहीलाई २६हजार बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा फस्ट माईक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था लिमिटेड काठमाडौका बरिष्ठ प्रबन्धक ज्ञानेन्द्र वाग्लेको प्रमुख आतिथ्यता एंव आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौगत चौधरीको बिशिष्ट आतिथ्यता र फस्ट माईक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था लिमिटेड काठमाडौका बरिष्ठ अधिकृत देबराज नेपालको आतिथ्यतामा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फस्ट माईक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था लिमिटेड काठमाडौका बरिष्ठ प्रबन्धक ज्ञानेन्द्र वाग्लेले संस्थाको १४औ बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कोष अन्र्तगत ग्रामीण महिला उत्थान केन्द्र मार्फत २६हजार बराबरको खेलकुद सामाग्राी बिद्यालयलाई हस्तान्तरण गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभएको थियो, साथै आगामी दिनमा बालबालिकाहरुका लागि संस्थाले सामुदायिक बिद्यालय मार्फत अन्य कार्यक्रमहरु पनि गर्दै जाने बताउनुभएको थियो ।
“ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको परिकल्पना गर्ने उद्देष्यले स्थापना भएको यस संस्थाले महिला तथा बालबालिकाहरुको हरेक क्षेत्रमा समुदायस्तरमा पुगेर उत्थान तथा पैरवीका लागि काम गर्दै आईरहेको बताउनुभएको थियो । पछिल्लो समय समुदाय तथा बिद्यालयमा पुगेर ग्रामीण महिला उत्थान केन्द्रले तिन शुन्यको अवधारणालाई आत्मसात गर्दै थ्रि जिरो क्लब गठन गरेको बताउनुभएको थियो । बालबालिका काचो माटो हुन्, जस्तो आकार दियो त्यसतै बन्छन् तर्सथ असल शिक्षा, सकारात्मक सोच र अनुशासनले बालबालिकाहरुलाई सहि मार्गतर्फ लैजान्छ, सहि बाटो देखाउने जिम्मेवारी भनेको घरपरिवार, बिद्यालय सँगै तपाई हामी सबैको दायित्व हाे ।” अध्यक्ष चाैधरीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौगत चौधरीले बालबालिका देशका कर्णधार, देश निर्माणका लागि खेलकुदले बाबालिकाहरुलाई अनुशासनमा हिडाउने भएकाले आजका बालबालिकाहरुका लागि खेलकुद अपरिहार्य भएको बताउनुभएको थियो।
यसैगरी प्रधानअध्यापक श्रीधर पोख्रेलले कुनैपनि ब्यक्ति मानसिक र शारिरिक रुपमा स्वस्थ्य हुनका लागि खेलकुद अत्यन्त महत्वपुर्ण रहेकाले बिद्यालयलाई सम्झिएर खेलकुद सामाग्री दिएर सहयोग गरेकोमा दुबै संस्थाहरुलाई हृदयदेखी नै धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा क्रिकेट ब्याट, बल, फुटवल, भलिबल, लुडो, डोरी, पम्प लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो उक्त कार्यक्रमको सहजीकरण संस्थाका सुचना तथा अभिलेखीकरण अधिकृत पार्वती बस्नेतले गर्नुभएको थियो ।