एक महिलालाई जवरजस्ती करणी गर्ने दुई युवा पक्राउ



 

दुई बालिकालाई अपहरण गरी बन्धक बनाई जबरजस्ती करणी गर्ने अभियोग पक्राउ -  Palikanews.com

दाङमा डेरा गरी बस्ने महिलालाई जवरजस्ती करणी गर्ने दुई पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्धामा फरार रहेका तुलसीपुर(४ बनहरीका १९ वर्षिय बिजुल भनिने प्रदिप विक र सोहि ठाउँकै अन्दाजी २० वर्षका किरण रानालाई पक्राउ गरिएको हो ।

दुवै जनाले गत बिहिबार साउन ५ गते तुलसीपुर(६ की एक महिलालाई जवरजस्ती करणी गरेर फरार रहेका थिए । महिलालाई जवरजस्ती करणी गरेर दुवै जना रा ६ प ५४०८ नम्बरको मोटरसाइकलबाट भागेकोमा प्रहरीले एकसाताभित्रै पक्राउ गरेको हो ।

प्रहरीले रानालाई घरमै लुकिछिपी रहेको अवस्थामा साउन ८ गते र विकलाई तुलसीपुर(६ को भित्रि सडकबाट आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्