महिला पत्रकारका लागि दुई दिने खोजमुलक तालिम शुरु



May be an image of 12 people, people standing and people sitting

महिला  पत्रकारहरुका  लागि खोजमुलक दुई दिने तालिम दाङको घोराही शुरु भएको छ । सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तिरक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा आज शनिबारदेखि घोराहीमा तालिम शुरु भएको हो ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले महिला पत्रकारहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । महिला पत्रकारहरु पछिल्लो समय पारिवारिक कारण तथा सञ्चारगृहबाट समयमा पारिश्रमिक नपाउँदा पेशाबाट पलायन हुने तितो यथार्थ रहेको बताउदै उहाँले सञ्चारिका समुहले लेख्ने पत्रकार महिलाहरुको लागि अवसर सिर्जना गर्ने गरेको बताउनुभयो ।

May be an image of 8 people, child, people sitting and indoor

तालिममा पत्रकार महासङ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारिताका विविध विषयक प्रशिक्षण दिनुभएको थियोे । उहाँले समाचार लेख्नका लागि विषयक छनोट गर्नुपर्ने , अरुका समाचार पढ्ने बानीको बिकास गर्नुपर्ने बताउनुभयो । अध्ययन बिनाको लेखाइ उत्कृष्ट नहुने भएकाले अध्ययनलाई जोड दिनुपर्ने बताउनुभयो ।

May be an image of 9 people, people sitting and people standing

तालिममा सन्चारिकाका लुम्बिनी प्रदेश सल्लाहकार नारायणी रजौरेले पत्रकारिता गर्दाका अनुभवहरु सुनाउनु भयको थियोे । महिलाहरुलाई पत्रकारीता क्षेत्रमा टिक्न गाह्रो भएतापनी यसलाई सामाजीक कार्यको रुपमा लीएर पेसाप्रती प्रतीवद्ध रहनुपर्ने बताउँनुभयो ।

May be an image of 7 people, people sitting and people standing

प्रदेश अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य रञ्जिता अधिकारीले गर्नुभएको थियो।

पत्रकारिता क्षेत्रमा महिलाहरुको क्षमता विकास र लेखनमा अभिवृद्धि गराउने सो खोजमुलक तालिममा दाङ, रोल्पा र प्युठानका २५ जना पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्