“दाङ विमानस्थल मेरो संकल्पको परियोजना हो” – पुर्व सांसद कोमल वली



पुर्व  राष्ट्रिय  सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वलीले दाङको तुलसीपुरमा प्रस्तावित विमानस्थललाई आफ्नो संकल्पको परियोजना भएको दाबी गर्नु भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वलीले विगतदेखि नै विमानस्थल निर्माण अभियानमा निरन्तर लागिरहेको बताउनु भएको छ।

वलीले लेख्नुभएकाे छ -“दाङको एयरपोर्ट मेरो सपनाको होइन, मेरो संकल्पको परियोजना हो। म हरेक पल, हरेक क्षण यही तुलसीपुरको एयरपोर्ट निर्माणको अभियानमा समर्पित छु।”

उहाँका अनुसार प्रधानमन्त्री, अर्थमन्त्री, पार्टी महासचिवजस्ता शीर्ष नेताहरूसँगको हरेक भेटवार्तामा उहाँले दाङ विमानस्थलको एजेन्डा उठाउँदै आउनु भएको छ । वलीले लेख्नु भएको छ , “सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई देख्नासाथ भन्नुहुन्छ: ‘एयरपोर्ट आयो।’”

उहाँले पुष्पकमल दाहाल प्रधानमन्त्री हुदा पनि तुलसीपुर निमन्त्रणा गर्नुको उद्देश्य विमानस्थलको सम्भाव्यता अवलोकन गराउनु नै रहेको स्पष्ट पार्नुभयाे । उहाले भन्नुभयाे- “त्यो प्रयास मैले एक्लैले थालेको थिएँ, सफल पनि भएँ।”

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा समेत वलीले विमानस्थलकै कुरा उठाएको उल्लेख गर्नुभयाे। “उहाँले खुलेर भन्नुभयो, ‘कोमल वली हुँदा हुँदै मैले गर्नुपर्छ र?’” वलीको भनाइ छ।

नाम छुटाइएपछि असन्तुष्टि

उद्योग वाणिज्य संघ तुलसीपुरको कार्यक्रममार्फत सार्वजनिक रूपमा विमानस्थल निर्माणमा योगदान दिएका व्यक्तिहरूको नाम घोषणा गर्दा आफूलाई बेवास्ता गरिएकोप्रति वलीले गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयाे।

“कामै नगरेका प्रतिनिधिहरूको नाम पढियो, तर मेरो नाम छुटाइयो,” उहाले लेख्नु भएको छ- “यो केवल अवमूल्यन होइन, यो बोल्नेकाे केवल भित्रको तुष र अवसरवादी प्रवृत्तिको नग्न प्रदर्शन हो।”
सांसद वलीले यस्ता व्यवहारहरूले पार्टी प्रतिको जनविश्वास कमजोर हुने चेतावनी पनि दिनुभएकाे छ।

“यस्ता व्यवहारहरूकै कारण पार्टीले जनविश्वास गुमाउन पुग्दछ,” “सबैलाई चेतना भया।”- उहाँले उल्लेख गर्नुभएको छ ।

२०७९ सालकाे प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकि वलीले ३० हजार मत प्राप्त गर्नु भएको थियाे। आफूले विमानस्थलको विषय संसददेखि विभिन्न निकायहरूसम्म उठाएको उहाँको दाबी छ।

 

 

वलीकाे पहलमा सफल भएका विकासे याेजना

राष्ट्रिय सभा सदस्य हुँदा वलीले दाङमा विभिन्न ठुला आयाेजनाहरु पार्न सफल हुनुभएको थियाे ।
गुहार खोलामा तठबन्ध,

तुलसीपुर उपमहानगरपालिकामा १० स्थानमा डिप बोरिङ (सिचाईकालागि),

शान्तिनगर ३ र तुलसिपुर १ जोड्ने झोलुंगे पुल,

मोतिपुरको भाईरल झोलुंगे पुल,

तुलसीपुर १३ मा तुईसोतामा झोलुंगे पुल निर्माण,

तुलसीपुर १३ र दंगीशरण २ को तुईसोतामा मोटरेबल पुल,

दंगीशरण १ मा बबईमाथि झोलुंगे पुल सम्पन्न,

तुलसीपुर ८- र १० को राईखलियान् पातुखोलामा दुई लेनको मोटरेवल पुल निर्माणधिन,

तुलसीपुर ६ टरिगाउँमा र १२ जोड्ने सडक निर्माण सम्पन्न , तुलसीपुर १२ मा गुहार खोलामा तटबन्ध निर्माण जारी,

तुलसीपुर ८ र १० जोड्ने जनसक्रियमार्ग सडक कालोपत्रे निर्माण जारी

र तुलसीपुर ५ स्थित बजारमा करिब ३०० क्षमताको योगा हल निर्माण लगाएतका आयाेजना सम्पन्न भएका छन् ।

 

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्